थापाथली सुकुम्बासी व्यवस्थापनका लागि लगत संकलनदेखि स्वास्थ्य सहायतासम्मको तयारी
काठमाडौं । काठमाडौं उपत्यका विकास प्राधिकरणकी प्रशासन प्रमुख कविता केसी बोगटीले थापाथलीस्थित सुकुम्बासी बस्ती हटाउने क्रममा वास्तविक सुकुम्बासीहरूको पहिचान गरी अस्थायी व्यवस्थापन गरिएको बताएकी छन् ।
उनले पहिलो चरणमा वास्तविक सुकुम्बासीहरूको लगत संकलन गरिने जानकारी दिँदै लगत संकलनपछि उनीहरूलाई सामानसहित सुरक्षित स्थानमा सारिने बताइन् । उनका अनुसार तत्कालका लागि राधास्वामी, कीर्तिपुरको सत्संगभित्र अस्थायी बसोबासको व्यवस्था गरिएको छ, जहाँ बस्ने र खाने सम्पूर्ण सुविधा उपलब्ध गराइनेछ ।
बोगटीले दोस्रो चरणमा उनीहरूको दीर्घकालीन व्यवस्थापनका लागि आवश्यक प्रक्रिया अघि बढाइने पनि स्पष्ट पारिन् ।
यसैबीच, काठमाडौं महानगरपालिकाको स्वास्थ्य विभागमा कार्यरत ऋषि भुसालले सुकुम्बासी स्थानान्तरणका क्रममा स्वास्थ्यसम्बन्धी आकस्मिक समस्या समाधानका लागि मेडिकल हेल्प डेस्क स्थापना गरिएको जानकारी दिए ।
महामारी रोकथाम तथा नियन्त्रणमा फोकल पर्सनको रूपमा कार्यरत भुसालले सरकारको आह्वानअनुसार सुकुम्बासीहरूलाई हालको स्थानबाट सुरक्षित स्थानमा सार्ने क्रममा स्वास्थ्यजन्य समस्या आउन सक्ने भएकाले मेडिकल टोली खटाइएको बताए ।
उनका अनुसार टोली सिफ्टअनुसार परिचालित छ, जसमा ४ जना डाक्टरसहित नर्सिङ टोली गरी १२ देखि १५ जना स्वास्थ्यकर्मी रहेका छन् । प्राथमिक उपचार, मानसिक समस्या देखिए काउन्सिलिङ, तथा आवश्यक परे सम्बन्धित अस्पतालसम्म लैजान एम्बुलेन्सको समेत व्यवस्था गरिएको उनले बताए ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #थापाथली सुकुम्बासी व्यवस्थापनका लागि लगत संकलनदेखि स्वास्थ्य सहायतासम्मको तयारी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्