संसदीय राजनीतिमा ह्वीप उल्लङ्घन सबैभन्दा ठूलो अपराध: महासचिव पोखरेल
चितवन । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टीका नेता कार्यकर्ताको वानी र आचरण कम्युनिष्ट मर्मविपरीत हुँदै गएको वताउनुभएको छ ।
पार्टीको चितवन जिल्ला कमिटीद्वारा आज आयोजित जिल्लास्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले गत स्थानीय तहको निर्वाचनमा पार्टीभित्रैको अन्तरघातका कारण धेरै पालिकामा पराजित हुनुपरेको वताउनुभयो ।
उहाँले टिकट नपाएपछि घरमै बसिदिने, प्रचारप्रसारमा साथ नदिने र टिकट पाएको उम्मेदवारलाई हराउन लाग्ने जस्ता प्रवृत्ति पार्टीका नेता, कार्यकर्तामा मौलाएकामा चिन्ता व्यक्त गर्नुृभयो ।
महासचिव पोखरेलले स्थानीय तह निर्वाचनमा विजयी भएका पालिका अघिल्लो निर्वाचनमा भन्दा कम भए पनि मतको आधारमा एमाले नै ठूलो पार्टी रहेको बताउनुभयो ।
स्थानीय निर्वाचनमा कांग्रेसले गठबन्धन गरेर केही बढी सिट जिते पनि एकल हिसावमा एमालेकै धेरै मत आएको उहाँको भनाई थियो ।
पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा विकासले गति लिइरहेको वताउँदै महासचिव पोखरेलले नेकपालाई फुटाएर हिड्ने माधव नेपाल र पुष्पकमल दाहाल देश विकासका बाधक हुन् भन्नुभयो ।
माधव नेपाल र प्रचण्डले एमसीसी टेबल गर्न लगाएर पारित गरेको वताउँदै महासचिवले प्रश्न गर्नुुभयो– नेकपा जीवित हुँदा राष्ट्रघात भएको एमसीसी शेरबहादुर देउवाका पालामा सही कसरी हुन पुग्यो ?
नेकपाको विभाजन माधव नेपालले पद नपाएको कुण्ठाका कारण हुन पुगेको उहाँले बताउनुभयो ।
विधि, पद्धति र अनुशासनको मामिलामा नेपालको छवि विग्रिएको बताउँदै भन्नुभयो– ‘संसदीय राजनीतिमा ह्वीप उल्लङ्घन गर्ने कुरा सबैभन्दा ठूलो अपराध हो ।’
नेपालमा एमालेबाहेक अन्य दलहरू वास्तविक लोकतन्त्रवादी नभएको उहाँको भनाई थियो ।
कार्यक्रममा नेकपा (एमाले) स्थायी कमिटी सदस्य एवम् बाग्मती प्रदेश इन्चार्ज काशिनाथ अधिकारी र पोलिटव्युरो सदस्य एवम् चितवन इन्चार्ज देवी ज्ञवालीले पनि कार्यकर्तालाई प्रशिक्षण दिनुभएको थियो ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #नेकपा एमाले, #शंकर पोखरेल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्