‘देशको आर्थिक अवस्था नाजुक’ छ: शंकर पोखरेल
सुर्खेत । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले अहिले देशको आर्थिक अवस्था अत्यन्त नाजुक बनेको वताउनुभएको छ ।
प्रेस चौतारी नेपाल कर्णाली प्रदेश कमिटीले आज वीरेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले भन्नुभयो– वर्तमान गठबन्धन सरकार सुशासनको प्रश्नमा असफल देखिएको छ ।
उहाँले आफ्नो स्वार्थका लागि खुलेआम रूपमा सत्ताको दुरूपयोग गर्ने प्रबृत्ति बढेको वताउनुभयो ।
महासचिव पोखरेलले वामपन्थी एकता गर्ने प्रस्तावको प्रतीक्षामा आफ्नो दल नरहेको बताउनुभयो ।
अहिले एमालेका लागि गठबन्धन प्रधान कुरा नभएको वताउँदै उहाँले चुनावको बेलामा चुनावी तालमेल तत्कालीन रणनीतिक कुरा हो भन्नुभयो ।
छिटोभन्दा छिटो चुनावको माध्यमबाट गठबन्धनलाई पराजित गर्ने र मुलुकलाई अगाडि बढाउन बलियो राष्ट्रिय शक्तिको रूपमा एमाले सक्षम रहेको महासचिवको भनाई थियो ।
परराष्ट्र नीतिको मामिलामा गठबन्धन सरकार असन्तुलित भएको र स्वार्थका लागि विदेशको प्रयोग गर्न थालेको महासचिवले वताउनुभयो ।
महासचिव पोखरेलले नेकपा (एमाले) र माओवादीबीचको जनमतको अन्तर निरन्तर फराकिलो बन्दै गएको र माओवादी ओरालो यात्रामा रहेको बताउनु भएको छ ।
‘२०६४ सालमा माओवादीले ३० प्रतिशत मत पाएको थियो, एमालेले २२ प्रतिशत । यो ठूलो मतान्तर होइन, अहिले एमालेको ३४ प्रतिशत मत छ माओवादीको १२ प्रतिशत छ । यो चाँही ठूलो मतान्तर हो ।’
महासचिव पोखरेल पार्टीको कर्णाली प्रदेश कमिटीको चौथो बैठकका लागि सुर्खेत आउनुभएको हो । उहाँले शनिवार प्रदेश कमिटीको बैठकमा निर्देशनात्मक सम्वोधन गर्नुभएको थियो ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #नेकपा एमाले, #शंकर पोखरेल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्