सत्ता र गठबन्धन टिकाउन नागरिकता विधेयक पारित गरियोः महासचिव पोखरेल
सुर्खेत । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सत्ता र गठबन्धन टिकाउन नागरिकता विधेयक पारित गरिएको बताएका छन् ।
सुर्खेतको वीरेन्द्रनगरमा आइतबार प्रेस चौतारी कर्णालीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले भने, ‘यो सरकारको नलायकीपन हो । सत्ता र गठबन्धन टिकाउने गरिएको सम्झौता हो ।’
यसअघि माओवादीबाटै विधेयक रोक्ने कार्य भएको भन्दै पोखरेलले प्रचण्ड भारतबाट फर्किए लगतै माओवादीकै अग्रसरतामा नागरिकता विधेयक पारित गरिनु शंकास्पद भएको बताए ।
संसदबाट विधेयक पारित भएपछि असन्तुलन पैदा भएको पोखरेलको भनाइ छ । नेपाली चेलीहरुले जुन अधिकार भारतबाट प्राप्त गरेका छन्, त्योभन्दा बढी सुविधा दिने कुरा उचित हैन,’ महासचिव पोखरेलले भने ।
पोखरेलले आगामी साउन १६ गते नागरिकता विधेयकविरुद्ध विरोध प्रदर्शन गर्ने बताए ।
उनले सत्ता गठबन्धन र प्रधानमन्त्रीका लागि नेताहरु विदेश धाउन थालेको भन्दै यो लज्जाको विषय भएको टिप्पणी गरे ।
सरकार र गठबन्धन पूर्ण रुपमा असफल भएको र स्वार्थका लागि सत्ताको दुरुपयोग गर्ने प्रवृत्ति बढेको पोखरेलको भनाइ छ ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking, #शंकर पोखरेल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्