प्रचण्ड–आरजु भारत जानुको मुख्य उदेश्य वैवाहिक–अंगीकृत नागरिकता प्रावधान
काठमाडौं। प्रतिनिधि सभाले नागरिकता विधयेक पारित गरे पनि यसमा रहेका केही प्रावधानमा चर्को विवाद देखिएको छ। नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले राखेका अडानमा व्याक हुँदा सत्ता टिकाउने मेलोमेसो मात्र भएको स्पष्ट देखिएको छ।
नागरिकता विधयेकमा वैवाहिक–अंगीकृत नागरिकता दिने विषय यसमा पेचिलो देखिएको छ। सत्ता गठबन्धनले पारित गरेको यो व्यवस्था हालै मात्र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री पत्नी आरजु राणा देउवाको भारत भ्रमणको पर्दापण गरेको छ।
विदेशी बुहारी ल्याउना साथ नागरिकता दिने विषय राख्नु प्रचण्ड र आरजुले भारतीय पक्षसँग सत्ता टिकाउन गरेको ‘रहस्यमय सम्झौता’ हुन सक्ने आँकलन गरिएको छ। वैवाहिक अंगीकृत नागरिकताका विषयमा भारतसँग समानताको व्यवाहार गर्ने विधिलाई अडानका रुपमा राखिएको थियो। अर्थात्, भारतमा विवाह गरेर गएका नेपाली महिलाले त्यहाँको नागरिकता प्राप्त गर्न ७ वर्षको समय लाग्छ। सोही सिद्धान्तमा नेपालमा पनि ७ बर्षको समयावधि राख्नुपर्ने आवाज बुलन्द थियो।
तर प्रचण्ड नयाँ दिल्लीबाट फर्किनासाथ यो प्रावधान फिर्ता लिएर नागरिकता विधयेक पारित गरिनुलाई सत्ता संकट टाल्ने प्रपञ्च रहेको बताइन्छ। यो निक्कै गम्भीर प्रश्नका रुपमा विश्लेषकहरूले टिप्पणी गरेका छन्।
सामाजिक सञ्जालमा मुमाराम खनालले प्रतिनिधि सभा विघटन र अहिले नागरिक विधयेक पारित तथा एसपीपी सम्झौताका विषयमा सत्ता गठबन्धनले देखाएको रवैया समान रहेको टिप्पणी गरेका छन्।
त्यसो त एमाले नेता अग्नी खरेलले पनि यस प्रकरणमा प्रचण्डको दोहोरो चरित्र देखिएको टिप्पणी गरेका छन्। समानताको सिद्धान्त अख्तियार गर्दै ७ वर्षे समयावधि राखौं भनेर संसदीय समितिमा पारित भएर संसदमा दर्ता भएको विधेयक एक्कासी फिर्ता हुनु माओवादी र माधव नेपालको पार्टीले अडान टिकाउन नसक्नु रहेको बताए।
नेता खरेलले विवाहको जग्गेमै विदेशी बुहारीलाई नागरिकता दिनु गलत हुन्छ भन्ने एमालेको मान्यता रहेको बताए। एमाले सांसद गंगा चौधरीले त प्रतिनिधि सभामा नै सत्ता टिकाउनका लागि जे पनि गर्छु भनेर प्रचण्डले ढोगेर आएको भनी व्यंग्य कसेकी थिइन्। उनले केही समयमा मुलुकलाई फिजीकरण गर्ने तयारी भइसकेको पनि रोष्टममा नै बोलेकी थिइन्।
एमाले सांसद भीम रावलले सामाजिक सञ्जालमार्फत टिप्पणी गर्दै नागरिकता विधयेकमा राष्ट्रघाती काम सत्ता गठबन्धनले गरेको उल्लेख गरेका छन्।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #hot, #प्रचण्ड–आरजु, #भारत
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्