प्रधानमन्त्री देउवाद्धारा गभर्नरलाई राजीनामा दिन दवाव
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई राजीनामा दिन दवाव दिएका छन् ।
यसअघि पनि निवर्तमान अर्थमन्त्री जनार्दन शर्माको दवावले प्रधानमन्त्री देउवा नेतृत्वको सरकारले अधिकारीलाई निलम्बन गरेको थियो ।
तर सर्वोच्च अदालतले अधिकारीलाई पुनर्वहाली गरेपछि उनी काममा फर्किएका थिए ।
अधिकारी प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को अर्थ तथा योजना विभागमा सदस्य रहेको समाचार सत्ता पक्षका दलका नेताहरुले बाहिर ल्याएपछि आलोचना भएको भन्दै अधिकारीलाई देउवाले छलफलका लागि बोलाएका हुन् ।
अधिकारीलाइृ देउवाले मार्ग प्रशस्त गर्न आग्रह गरेको बताइएको छ । यद्यपि अधिकारीले एमालेको विभागमा भएको नाम आफ्नो नभएको र कुनै पनि राजनीतिक दलसँग आवद्ध नभएको स्पष्ट पारिसकेका छन् । उता एमालेले पनि गभर्नर नभएर अरु कसैको नाम भएको जनाइसकेको छ ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking, #महाप्रसाद अधिकारी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्