माधव कुमार नेपालले जीवनकै ठूलो गल्ती गरे: घनश्याम भुसाल
काठमाडौं । नेकपा एमालेका नेता घनश्याम भुसालले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले जीवनकै ठूलो गल्ती गरेको आरोप लगाउनुभएको छ ।
एमाले फुटेको झण्डै एक वर्षपछि घनश्याम भुसालले आज फेसबुकमा एउटा स्टाटस लेख्दै माधव नेपालले आफ्नो जीवनको सबैभन्दा ठूलो गल्ती गरेको बताउनुभयो ।
“आफ्नै प्रत्यक्ष निर्देशनमा भएको १० बुँदे सहमतिलाई लत्त्याएर कमरेड माधव नेपालले सम्भवतः आफ्नो जीवनको सबैभन्दा ठुलो गल्ती गर्नुभएको छ” नेता भुसालले भन्नुभएको छ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले ४० प्रतिशत सांसदले पार्टी विभाजन गर्ने विरोध गर्ने तर आफूले २० प्रतिशतमा पार्टी विभाजन गर्ने घटनाले उहाँको दोहोरो चरित्र देखिएको उहाँको टिप्पणी छ ।
“कमरेड ओलीले जारी गरेको ४० प्रतिशत सांसदले पार्टी विभाजन गर्न पाउने सम्बन्धी अध्यादेशको विरोध गर्नेमा कमरेड माधव नेपाल पनि अगाडि हुनुहुन्थ्यो” नेता भुसालले भन्नुभएको छ,“त्योभन्दा अझ घातक २० प्रतिशत सांसदले पार्टी विभाजन गर्न पाउने अध्यादेशका आधारमा कमरेड माधव नेपालले अर्को पार्टी खोलेर कम्युनिस्ट आन्दोलनको सेवा गरेको थिए भन्ने कुरा धर्तीको कुनै पनि इजलासले भन्न सक्ने छैन, ढिलो वा चाँडो, कमरेड माधव नेपालले कठघरामा उभिएर यसको प्रायश्चित्त गर्नुपर्नेछ ।”
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #घनश्याम भुसाल, #नेकपा एमाले
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्