संसदीय छानबिन समिति बनाएर अर्थ मन्त्रालयबारे यथार्थ सार्वजनिक गरौं : पूर्णबहादुर खड्का
काठमाडौँ, २२ असार । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्नुपर्ने माग गर्नुभएको छ । बजेट निर्माणका क्रममा अर्थमन्त्री शर्मामाथि प्रश्न उठेकाले यसलाई समाधान गर्न संसदीय छानबिन समिति बनाएर वास्तविकता बाहिर ल्याउनपर्ने खड्काको माग छ।
‘बजेट निर्माणको वेलाको विषय समेतलाई जोडेर संसद र आमजनमानसको गम्भीर चासोको विषय बनिसकेपछि यो विषयलाई विश्वासिलो तरिकाले समाधान गर्न संसदीय छानबिन समिति बनाएर यथार्थ कुरा सार्वजनिक गरिनु ठिक हुन्छ‚’ सामाजिक सञ्जालमा उहाँले लेख्नुभएको छ‚ ‘विगतमा पनि संसदको यस्तो परम्परा छ। बरु ढिलो नगरौं आजै टुङ्गो लगाउँ।’ अर्थमन्त्री जनार्दन शर्माले अनधिकृत व्यक्तिहरू प्रवेश गराई बजेटमा करका दर हेरफेर गरेको आरोप छ।
यसअघि कांग्रेस महामन्त्री गगन थापाले अर्थमन्त्री शर्माले पदबाट राजीनामा दिनुपर्ने बताउनुभएको थियो । अर्थमन्त्रीले राजीनामा स्वेच्छाले राजीनामा नदिएमा प्रधानमन्त्रीले अर्थमन्त्रीबाट हटाउनुपर्ने प्रमुख प्रतिपक्षि दल, सत्तारुढ दल र नागरिक समाजका अगुवाहरुले समेत माग गरिरहेका छन् ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #नेपाली कांग्रेस, #पूर्णबहादुर खड्का
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति






तपाईको कमेन्ट लेख्नुहोस्