विद्यालयमा पाठ्यपुस्तक नपुर्याउनुमा सरकार दोषी: योगेश भट्टराई
काठमाडौँ । नेकपा (एमाले)का सांसद योगेश भट्टराईले विद्यार्थीहरुको त्रैमासिक परीक्षा आइसकेको भन्दै विद्यालयमा पाठ्यपुस्तक कहिले पुग्छ भनी प्रश्न गरेका छन् ।
आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै भट्टराईले विद्यालयमा पाठ्यपुस्तक नपुर्याउनुमा सरकार दोषी रहेको बताएका छन् ।
उनले ७५ प्रतिशत विद्यार्थीले सामुदायिक विद्यालयमा पढ्ने बताउँदै भट्टराईले भने, ‘निजी क्षेत्रबाट छापिएका १ देखि ३ कक्षसम्मको पुस्तक पुगेको छ । जनक शिक्षाले छाप्ने कक्षा ४ देखि १० सम्मको पुस्तक पुगेको छैन ।’
सांसद भट्टराईले काठमाडौँमा समेत ३० प्रतिशत विद्यालयमा पुस्तक नपुगेको उल्लेख गर्दै दुर्गम के अवस्था छ भनि प्रश्न गरे । उनले काठमाडौँकै दरबार हाइस्कुलमा समेत पाठ्यपुस्तक नपुगेको बताए ।
पुस्तक नभएकै कारण बालबालिकाहरु विद्यालय जान सक्ने अवस्था नभएको उनको भनाइ छ ।
‘प्रथम त्रैमासिक परीक्षाको समय आएको छ । विद्यार्थीले के लेखेर परीक्षा दिन्छन्?’ उनले सरकारको जवाफ मागेका छन् ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #योगेश भट्टराई
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्