निर्वाचनको लागि एमाले स्वास्थ्य तथा जनसंख्या विभागले दियो २१ बुँदे सुझाव
काठमाडौं । स्थानीय तह निर्वाचनलाई लक्षित गरेर नेकपा एमालेको स्वास्थ्य तथा जनसंख्या विभागले २१ बुँदे सुझाव पेस गरेको छ । एमाले घोषणापत्र मस्यौदा समितिलाई पार्टीको स्वास्थ्य तथा जनसंख्या विभाग र राष्ट्रिय स्वास्थ्यकर्मी महासंघले सुझाव पेस गरेको हो ।
उक्त सुझाव पार्टीका वरिष्ठ उपाध्यक्ष तथा घोषणापत्र मस्यौदा समितिका संयोजक ईश्वर पोखरेललाई हस्तान्तरण गरिएको थियो ।
एमालेले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि घोषणा पत्र मस्यौदा समितीले पार्टीका विभिन्न तह, विभाग तथा बुद्धिजीवीहरुबाट सुझाव आह्वान गरेको थियो ।
स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख योगेश भट्टराई र राष्ट्रिय स्वास्थ्यकर्मी महासंघका अध्यक्ष डा। झलक गौतमले सुझाव पेश गरेका हुन् ।
नेपालको संविधान, दिगो विकास लक्ष्य, पन्ध्रौं पञ्चवर्षीय योजना तथा स्वास्थ्य र जनसंख्या क्षेत्रका विषयगत कानुनले निर्दिष्ट गरेका प्रावधानहरूको कार्यान्वय गर्न तिर लाग्न सुझाव दिइएको छ ।
निरोगी नेपालमार्फत् ुसुखी नेपाली र सम्वद्ध नेपालु को राष्ट्रिय आकांक्षा पूरा गर्न गुणस्तरीय स्वास्थ्य सेवा, सूचना र शिक्षा प्राप्त गर्ने नागरिकको मौलिक अधिकार र राज्यको दायित्व भएको कुरालाई समेत आत्मसात गर्न सुझाव पेस गरिएको छ ।
स्वास्थ्य सेवालाई उच्च प्राथमिकतामा राखेर पालिकाद्वारा खर्च गरिने विकास बजेटको न्यूनतम १० प्रतिशत बजेट स्वास्थ्य सेवाको विकासको लागि खर्च गरिने भनेर घोषणापत्र बनाउन सुझाव दिइएको छ ।
क्याटेगोरी : राजनीति, स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्