तारकेश्वर कांग्रेस अधिवेशन: तिमिल्सिना–खड्गी समूहको क्लिन स्विप,सभापतिमा प्यानलैसहित श्याम सापकोटा विजयी
काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तारकेश्वर नगर अधिवेशनबाट श्यामकृष्ण सापकोटा नगर सभापतिमा निर्वाचित भएका छन्। सापकोटासहित उनको सिङ्गो प्यानलले नै नगर कार्यसमितिका प्रमुख पदहरूमा विजय हासिल गरेको हो।
सभापति पदमा सापकोटाले १९५ मत प्राप्त गर्दै प्रतिस्पर्धी निर्मल कुमार लामालाई ६५ मतको अन्तरले पराजित गरे। काठमाडौँ जिल्ला सदस्य रहेका लामाले १३० मत प्राप्त गरेका छन्। सापकोटा तारकेश्वर नगरपालिका वडा नं. ८ का वडा अध्यक्षसमेत हुन्।
उनी नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं. ६ का क्षेत्रीय सभापति श्यामकृष्ण खड्गी र प्रदेशसभा ‘ख’का सभापति विष्णुभक्त तिमिल्सिना समूहबाट उम्मेदवार बनेका थिए। यो परिणामले तारकेश्वर कांग्रेसमा खड्गी–तिमिल्सिना समूहको बलियो प्रभावलाई पुनः पुष्टि गरेको छ।
पदाधिकारीहरूमा सापकोटा प्यानलको वर्चस्व
-
उपसभापति: शिवप्रसाद अर्याल (१७४ मत) — प्रतिस्पर्धी सानुकाजी महर्जन (१५० मत)
-
महिला उपसभापति: सगुना खत्री (१८० मत) — प्रतिस्पर्धी शारदा खनाल (१२२ मत)
-
सचिव: राधेश्याम फुयाल (१७२ मत) — प्रतिस्पर्धी सबिना परियार (१४८ मत)
-
सहसचिव: समित केसी (१८३ मत) — प्रतिस्पर्धी विकास कोइराला (१२४ मत)
क्याटेगोरी : राजनीति
ट्याग : #तारकेश्वर कांग्रेस अधिवेशन: तिमिल्सिना
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्