कांग्रेस महाधिवेशनमा विनोद चौधरी र उमेश श्रेष्ठ उम्मेद्वार बन्न नपाउने
काठमाडौँ, २३ मंसीर । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा सांसदद्धय विनोद चौधरी र उमेश श्रेष्ठ उम्मेद्वार बन्न नपाउने भएका छन् ।
पार्टीको भोलिदेखि सुरु हुन लागेको १४ औँ महाधिवेशनमा क्रियाशिल सदस्यताका कारण सांसदद्धय चौधरी र श्रेष्ठ केन्द्रीय सदस्यमा उम्मेद्वार बन्न नपाउने भएका हुन् ।
सांसद चौधरी विस २०७४ सालमा नेकपा (एमाले) बाट काँग्रेसमा प्रवेश गर्नुभएको र श्रेष्ठले क्रियाशिल सदस्यता लिएको ७ वर्षमात्र पुगेकाले दुबै सांसदहरु काँग्रेस केन्द्रीय सदस्य लड्न नपाउने भएका हुन् ।
नेपाली काँग्रेसको विधानको परिच्छेद–६, १६ (च) अनुसार ‘केन्द्रीय महाधिवेशनले कम्तिमा १० वर्ष निरन्तर नेपाली काँग्रेसको सदस्य रहेको केन्द्रीय महाधिवेशन प्रतिनिधीमध्येबाट यस विधानमा तोकिएबमोजिम केन्द्रीय कार्यसमितिका पदाधिकारी एवम् सदस्यको निर्वाचन गर्नेछ,’ भन्ने उल्लेख छ ।
क्याटेगोरी : ब्रेकिंग न्युज, राजनीति, विशेष, समाचार
ट्याग : #१४ औँ महाधिवेशन, #breaking, #hot, #नेपाली कांग्रेस
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्