सङ्खुवासभा काङ्ग्रेस : दुई दिनको रस्साकस्सीपछि प्रदेश क मा सर्वसम्मत
कांग्रेस बलियो बनाउन सर्वसम्मत नेतृत्व चयन गरौंः पूर्वराज्यमन्त्री खड्का
संखुवासभा, खाँदबारी । स्थानीय तहको निर्वाचनको झल्को दिने गरी चुनावी रौनकले खाँदबारी धपक्कै बलेको छ । तर, कुनै आम निर्वाचन होइन, नेपाली कांग्रेसको १४ औं महाधिवेशनको वडा, पालिका र क्षेत्रीय अधिवेशनको रौनकले खाँदबारी बजार गुलजार बनेको हो ।
आज बुधबार खाँदबारीमा क्षेत्रीय अधिवेशनको उद्घाटन भएको छ । क्षेत्रीय सभापति उमेश चौहानको सभापतित्वमा सम्पन्न कार्यक्रमको उद्घाटन पूर्व खानेपानी राज्यमन्त्री दीपक खड्काले गरेका हुन् ।

उद्घाटन समारोहमा पूर्वमन्त्री खड्काले भने, ‘संखुवासभामा तीन तहकै निर्वाचन नेपाली कांग्रेसको पक्षमा पार्न पहल गर्नेछु । लोभलाग्दो कांग्रेस बनाउँछु, कांग्रेस बलियो बनाउन सर्वसम्मत अधिवेशन गर्नुपर्छ । यी कुरा धैरै ठूलो मेहनत र साथीहरूको सहयोगबाट मात्र सम्भव भएको छ ।’
सबैको चाहना अनुरूप सर्वसम्मतिको बाटो रोजिएको नेता खड्काको भनाइ थियो । तीनै तहको निर्वाचनलाई मध्यनजर गरेर सहमति भएको छ, संगठनमा काम गरेका सबै साथीहरूलाई भूमिका दिइनेछ, नेता खड्काले भने, आफूले जिम्मेवारी नपाए पनि साथी हुँदा आफै भएको अनुभूति गर्नुहोला । यो अधिवेशनलाई ऐतिहासिक बनाउनुपर्छ । त्यसका लागि सबैको सहयोग अपरिहार्य छ, नेता खड्काले भने ।
सङ्खुवासभा काङ्ग्रेस : दुई दिनको रस्साकस्सीपछि प्रदेश क मा सर्वसम्मत
काङ्ग्रेस सङ्खुवासभाको प्रदेश क मा दुई दिन लामो रस्साकसी पछि सर्वसम्मत समिति चयन भएको छ । समितिको सभापतिमा देउमान राई, उपसभापतिहरूमा निरञ्जन श्रेष्ठ र सुजन राई, त्यस्तै सचिवमा संयोगान्त कुलुङ र थुकोक लामा सहित कार्यसमिति र प्रदेश प्रतिनिधिहरू सर्वसम्मत भएका हुन् ।
नामावली सहित



क्याटेगोरी : फोटो फिचर, राजनीति, समाचार
ट्याग : #hot, #संखुवासभा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्