नेपाल–झलनाथ पक्षले बोलाएको बैठकमा सहभागी नहुन निर्देशन
नेकपा (एमाले)ले पार्टीका माधवकुमार नेपाल–झलनाथ खनाल समूह पक्षले बोलाएको बैठकमा सहभागी नहुन निर्देशन दिएको छ ।
एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले आज एक विज्ञप्ति जारी गरी पार्टी अध्यक्षको परामर्शमा महासचिवले मात्र बैठक बस्ने भएकोले पार्टीले कारवाही गरेका अनधिकृत व्यक्तिले बोलाएको बैठकमा सहभागी हुन निर्देशन दिनुभएको हो ।
नेपाल–खनालसमूह पक्षले आज आफू निकट केन्द्रीय कमिटी बैठक बोलाएको छ । “अध्यक्षसँगको परामर्शमा महासचिवले बैठक बोलाउने एमालेको वैधानिक व्यवस्था विपरीत पार्टीले कारवाही गरेका अनधिकृत व्यक्तिले एमाले केन्द्रीय कमिटीको बैठक बोलाएको भन्ने सुन्नमा आएको छ, त्यस्तो क्रियाकलापको निन्दा एवं भत्र्सना गर्दछु”, विज्ञप्तिमा भनिएको छ, “पार्टी केन्द्रीय कमिटीका सदस्य कमरेडलाई पार्टीको विधान र मुलुकको कानून विपरीतको त्यस्ता क्रियाकलापमा सहभागी नहुन सुचित गर्दछु ।”
क्याटेगोरी : राजनीति
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्