तारकेश्वर मनमैजुमा काङ्ग्रेसको प्रदर्शन
वर्तमान सरकारले गरेका जनविरोधी कार्यको विरोध गर्दै नेपाली काङ्ग्रेस नेपाली काङ्ग्रेस काठमाडौ क्षेत्र न ६ ले सरकारको विरोधमा आज तारकेश्वर मनमैजुमा प्रदर्शन गरेको छ ।
सरकारविरोधी नारा लगाउँदै जुलुसले बजार परिक्रमा गरेको थियो । बजार परिक्रमापछि सो र्याली लोकतान्त्रिक चोकमा आएर विरोधसभामा परिणत भएको थियो ।
विरोधसभालाई सम्बोधन गर्दै नेपाली काङ्ग्रेसका नेता कार्यक्रममा नेपाली काङ्ग्रेस नेता एवं पूर्वमन्त्री भिमसेन दास प्रधानले प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रमाथि बेइमानी गरेको र जनमत लाई धोखा दिएको आरोप लगाए ।
उनले वर्तमान सरकारले गरेका जनविरोधी कार्यको विरोध काङ्ग्रेसले जारी राख्ने बताए । नेपाली काङ्ग्रेस काठमाडौका सभापति सबुज बहानियाँले सरकारको १ वर्ष निराशामा बितेको भन्दै आधारभूत आवश्यकता पूरा गर्न भन्दा पनि सरकारमा बसेका मन्त्री राज्यको सम्पत्ति दोहन गर्न लागेकाले नेपाली काङ्ग्रेस सडकमा आएको बताए । अब सरकारको दिनगन्ती समेत शुरु भएको उनको भनाइ थियो ।



क्याटेगोरी : राजनीति
ट्याग : #मनमैजुमा काङ्ग्रेसको प्रदर्शन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्