राजतन्त्र पुर्नस्थापनाको माग गर्दे प्रर्दशन
शाही युवा शक्ति नेपालले बाँकेमा बृहत प्रर्दशनी गरेको छ । विर गोरखाली र राष्ट्रवादी युवा अभियन्ताहरुको मुल आयोजनामा बाँसगढी, मौनापोखरी गुलरिया हुदै भुरिगाँउ बासगढी सम्म मोटर साइकल र्रयाली गरेको छ ।
बर्दियाका शाही युवा शक्तिका केन्द्रिय सदस्य संयोग जंग शाह र बाँकेका अर्जुन जंग शाह विर गोरखालीका राजकुमार शाही र प्रेम कुंवर एवं राष्ट्रवादी युवराज शाही र विजय काफ्लको नेतृत्वमा हिन्दु राज्य र राजतन्त्र पुनःस्थापनाको माग गर्दे प्रर्दशन गरिएको शाही युवा शक्ति नेपालका केन्द्रीय अध्यक्ष पशुपती खड्काले बताए ।

प्रहरी हस्तक्षेपका बाबजुद पनि कार्यक्रम शान्तिपुर्ण रहेको र यो अभियान देशव्यापी रहने उनको भनाई छ ।
केही दिन अगाडी बुटवल लगायत देशका विभिन्न शहर संगै बाकेको कोहलपुरमा समेत राज संस्था पुनर्स्थापनाको माग गर्दै गरिएको प्रदर्शन पछि आज बुधबार बर्दियाको विभिन्न स्थानमा प्रदर्शन गरिएको छ ।
पशुपति खड्काको नेतृत्व रहेको शाही युवा शक्ति नेपालले बिगत १० बर्ष देखी राजतन्त्र पुनःस्थापना माग गर्दै सडक कार्यक्रम गर्दै आएको छ।
क्याटेगोरी : राजनीति
ट्याग : #राजतन्त्र पुर्नस्थापनाको माग
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्