नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष तारानाथ दाहाल स्वतन्त्रता सेनानी सम्मानबाट सम्मानित भएका छन ।लोकतन्त्र,प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षमा निरन्तर वकालत गरेको भन्दै दाहाललाई आज पाँचथरमा सम्मान गरिएको हो नेपाल पत्रकार महासंघ पाँचथर शाखाले स्थापना वर्षेनी वितरण गर्दै आएको उक्त सम्मान सहित दाहाललाई २२ हजार २ सय २२ रुपैंया पुरस्कार र कदर पत्र प्रदान गरिएको छ २०६१ सालमा तत्कालिन राजा ज्ञानेन्द्रले राज्य शत्ता कब्जा गरेपछि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षमा लागि परेको कदर स्वरुप दाहाललाई सम्मान गरिएको हो ।यस अघि स्वतन्त्रता सेनानी सम्मानवाट पत्रकारहरु विष्णु निष्टुरी,शिव गाँउले र किशोर नेपाल सम्मानित भइसकेका छन ।यस्तै हरिचरण भद्रमाया वातावरण पत्रकारिता पुरस्कारवाट पाँचथरकी पत्रकार राधा लुइटेल पुरस्कृत भएकी छिन ।जिल्लामा निरन्तर पत्रकारिता गर्ने एक जना सञ्चारकर्मीलाई दिइने उक्त पुरस्कारमा कदर पत्र सहित ५ हजार ५ सय ५५ रुपैंया राशी छ ।दाहाल र लुइटेललाई फिदिममा आयोजित एक समारोह विच सम्मान गरिएको हो ।सम्मान कार्यक्रममा बोल्दै पत्रकार दाहालले सम्मानले आफुलाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षमा अविराम लागि पर्न थप उर्जा मिलेको टिप्पणी गर्नुभयो ।
क्याटेगोरी : राजनीति, समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्