विद्यार्थी संगठन र शिक्षामन्त्रीबीच वार्ता ,आन्दोलनका कार्यक्रम फिर्ता लिन आग्रह
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल र आन्दोलनरत साना विद्यार्थी संगठनबीच वार्ता भएको छ ।
मन्त्री निवास हरिहरभवन ललितपुरमा भएको वार्तामा शिक्षामन्त्री पोखरेलले आन्दोलनका कार्यक्रम फिर्ता लिन आग्रह गर्नुभएको अखिल क्रान्तिकारीका अध्यक्ष चिरञ्जीवी ढकालले जानकारी दिए ।
मन्त्री पोखरेलले यही असार २० देखि २२ गतेसम्म विद्यार्थी संगठनले घोषणा गरेको शैक्षिक आमहड्ताल फिर्ता लिन आग्रह गरे ।
छलफलमा उहाँले विद्यार्थी संगठनले शैक्षिक विकृति र चर्को शैक्षिक शुल्कको विषयमा उठाएका माग सकारात्मक भएकाले माग सम्बोधन गर्न आफू लाग्ने समेत बताए ।
मन्त्री पोखरेलसँगको छलफलमा नेत्रविक्रम चन्द ‘विप्लब’ निकट अखिल क्रान्तिकारीका चिरञ्जीवी ढकाल, समाजवादी विद्यार्थी युनियनका अध्यक्ष विवेक राई, मोहन वैद्य निकट अनेरास्ववियु (क्रान्तिकारी) का अध्यक्ष पेशल दाहालको सहभागिता रहेको थियो ।
क्याटेगोरी : राजनीति
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्