प्रतिबन्धित बिप्लव नेतृत्वका चितवन जिल्ला इन्चार्ज बिसी पुन: पक्राउ
"पक्राउ परेका बिसीलाई सुनसरी लैजाँदै"
चितवन । प्रतिबन्धित बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका चितवन जिल्ला इन्चार्ज लालबहादुर बिसी पुन : पक्राउ परेका छन् । सर्बोच्च अदालतको आदेशमा रिहा भएका बिसी पुन : पक्राउ परेका हुन् ।
सुदिप ढकालले दायर गरेको रिट नम्बर ०७७-WH-००१७ बन्दीप्रत्यक्षिकरण उपर सुनुवाइ गर्दै अन्य कुुुनै आधारमा थुनामा राख्नुनपर्ने भए चितवन जिल्ला अदालतका न्यायाधीशको रोहवरमा नेता बिसीलाइ रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको थियो ।

जिल्ला प्रहरी कार्यालय चितवनको चलानी नम्बर ११७३ को पत्रअनुसार आजै बेलुकी ६:१५ बजे रिहाइ भएका बिसीलाई चितवन प्रहरीले पुन : जिल्ला अदालत चितवनको गेट बाहिरबाट पक्राउ गरी सुनसरी लैजाने तयारी गरेको छ ।
बिसी गत साउन १२ गते पुर्वी चितवनको राप्ती नगरपालिका वर्डा नम्बर ९ स्थित रसौलीबाट पक्राउ परेका थिए । उनलाइ चितवन प्रहरीले संगठित अपराध अन्तर्गत मुद्धा दर्ता गरी अनुसन्धान गर्दै आएको थियो ।
क्याटेगोरी : राजनीति, विशेष, समाचार
ट्याग : ##चितवन #लालबहादुरबिसी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्