अपेन तारकेश्वरको आयोजनामा नाचघरमा १३ विद्यालयका ४५० विद्यार्थीको धमाका
काठमाडौं । अपेन तारकेश्वरको आयोजनामा सातौं अपेन बाल साहित्य उत्सव २०८३ तथा प्रथम तारकेश्वर बाल–प्रतिभा मञ्जरी कार्यक्रम राष्ट्रिय नाचघर, जमलमा सम्पन्न भएको छ।
कार्यक्रममा अपेन तारकेश्वरमा आबद्ध १३ विद्यालयका करिब ४५० विद्यार्थीले विभिन्न सांस्कृतिक तथा सिर्जनात्मक प्रस्तुति दिएका थिए। पूर्वप्राथमिक तथा प्राथमिक तहमा अध्ययनरत बालबालिकाको कला, संस्कृति र सिर्जनशीलतालाई राष्ट्रिय मञ्चमा प्रस्तुत गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजक संस्थाकी अध्यक्ष निर्मला सिलवालले बताइन्।
महोत्सवमा बालबालिकाले मौलिक सांस्कृतिक झाँकी, सामूहिक नृत्य, गायन, अभिनय तथा कराते प्रदर्शनलगायत विविध प्रस्तुति दिएका थिए। विभिन्न विद्यालयका विद्यार्थीले एउटै मञ्चमा आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर पाएपछि कार्यक्रम विद्यालयबीचको सांस्कृतिक सहकार्य तथा बालप्रतिभा आदानप्रदानको माध्यमसमेत बनेको आयोजकले जनाएको छ।
कार्यक्रममा अपेन केन्द्रीय महासचिव सम्झना बस्नेत, तारकेश्वर नगरपालिका शिक्षा शाखा प्रमुख सुधिनराज बुढाथोकी तथा तारकेश्वर नगरपालिकाका प्रवक्ता राधाकृष्ण खड्गीले शुभकामना मन्तव्य दिएका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै शिक्षा शाखा प्रमुख बुढाथोकीले बालबालिकाको प्रतिभा प्रस्फुटनका लागि विद्यालयस्तरमा हुने सिर्जनात्मक तथा सांस्कृतिक गतिविधिको महत्त्वमाथि प्रकाश पारे। यस्ता कार्यक्रमले बालबालिकामा रहेको प्रतिभा पहिचान गर्न तथा उनीहरूको आत्मविश्वास अभिवृद्धि गर्न सहयोग पुग्ने उनको भनाइ थियो।
कार्यक्रममा अपेन केन्द्रीय उपाध्यक्ष रेखा शाही हमाल, जिल्ला अध्यक्षलगायत विभिन्न नगर कमिटीका अपेन अध्यक्षहरू, तारकेश्वर प्याब्सनका अध्यक्ष गोपाल बुढाथोकी तथा हिसानका अध्यक्ष लिलबहादुर पुनलगायतको सहभागिता रहेको थियो।
अपेन तारकेश्वर नगर कमिटीकी अध्यक्ष निर्मला सिलवालको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा उनले कार्यक्रम सफल बनाउन सहयोग गर्ने विद्यालय, विद्यार्थी, शिक्षक, अभिभावक, अतिथि तथा सहयोगी सबैप्रति धन्यवाद ज्ञापन गरिन्।
कार्यक्रमको सञ्चालन अपेन तारकेश्वर नगर कमिटीकी सचिव रबिना भट्टले गरेकी थिइन्।
आयोजकका अनुसार ‘प्रथम अपेन तारकेश्वर बाल–प्रतिभा मञ्जरी’ले तारकेश्वरका विद्यालयमा रहेका बालबालिकाको कला, संस्कृति र सिर्जनशीलतालाई एउटै राष्ट्रिय मञ्चमा प्रस्तुत गर्ने अवसर प्रदान गरेको छ। कार्यक्रमले बालप्रतिभाको पहिचानसँगै मौलिक संस्कृति संरक्षण र विद्यालयबीचको सहकार्यलाई समेत प्रोत्साहन गरेको आयोजकको भनाइ छ।
क्याटेगोरी : समाचार
ट्याग : #अपेन तारकेश्वरको आयोजनामा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्