रोटरी क्लब बर्दिबासको आयोजनामा करियर मार्गदर्शन कार्यक्रम
जीवनराज दाहाल (बर्दिबास)
रोटरी क्लब अफ बर्दिबासको आयोजनामा उच्च माध्यमिक तहका विद्यार्थीलाई लक्षित गर्दै ‘करियर खोज तथा मार्गदर्शन कार्यक्रम’ आयोजना हुने भएको छ ।
कार्यक्रम बर्दिबास नगरपालिका–१ स्थित देउराली उच्च माध्यमिक विद्यालयमा आगामी असोज १८ गते आइतबार सञ्चालन हुनेछ ।
कार्यक्रममा विभिन्न क्षेत्रका अनुभवी फ्याकल्टी तथा विज्ञहरूले विद्यार्थीलाई उच्च शिक्षा, करियर छनोट तथा भविष्यको मार्गनिर्देशनबारे जानकारी दिने आयोजकले जनाएको छ ।
विद्यार्थीलाई आफ्नो रुचि, क्षमता र सम्भावनाअनुसार उपयुक्त करियर छनोट गर्न सहयोग पुर्याउने उद्देश्यले आयोजना गर्न लागिएको कार्यक्रम बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन हुनेछ । आयोजकले बर्दिबास क्षेत्रका उच्च माध्यमिक तहका विद्यार्थीलाई कार्यक्रममा सहभागी हुन आग्रह गरेको छ ।
क्याटेगोरी : education, ब्रेकिंग न्युज, समाचार, समाज
ट्याग : #bardibas mahottari
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्