१९ बुँदे हेटौंडा घोषणापत्र जारी गर्दै कंग्रेसको जिल्ला सभापति भेला सम्पन्न, यस्तो छ घोषणापत्र
काठमाडौं, असार ८ ।
नेपाली कांग्रेसको जिल्ला सभापतिहरुको भेला १९ बुँदे हेटौंडा घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । चार दिनसम्म चलेको भेलाले सरकार सर्वसत्तावाद उन्मुख भएको निष्कर्ष निकालेको छ ।
साथै सरकारले जनविरोधी चरित्र देखाएको भन्दै त्यसविरुद्ध कडा कदम चाल्ने चेतावनी दिएको छ । कम्युनिष्ट सरकारले सञ्चार माध्यममा निषेध र नियन्त्रणकारी हस्तक्षेप, न्यायपालिकालाई प्रभावित पार्ने अभिव्यक्ति, कर्मचारी र शैक्षिक क्षेत्रमाथि अन्यायपूर्ण आतंक, एनजीओ आइएनजीओमाथि नियन्त्रणकारी रवैया अपनाएकाले बर्तमान सरकार सर्वसत्तावाद उन्मुख भएको प्रस्ट घोषणापत्रमा उल्लेख छ ।
भेलाले गणतन्त्र, संघीयता, स्वतन्त्र न्यायपालिका, प्रेस स्वतन्त्रता लगायतका लोकतान्त्रिक मूल्यमान्यताको रक्षाका लागि दृढतापूर्वक उभिने निर्णय समेत गरेको छ । तत्कालीन एमालेको नक्कली राष्ट्रवाद सरकारमा पुगेपछि लम्पसारवादमा परिणत भएको आरोप कांग्रेसको छ ।
यसले जनताको आत्मसम्मानमा ठोस र्पुयाएको निष्कर्ष निकालिएको छ । शेरवहादुर देउवा नेतृत्वको सरकारले गरेका निर्णय बर्तमान सरकारले उल्टाएको प्रति भेलाले खेद प्रकट गरेको छ ।
भुकम्प पीडितलाई दिइने अनुदान रकममा थप एक लाख दिने, क्यान्सर, मृगौला रोगी र स्पाइनल इन्जुरी लगायत गम्भीर प्रकृतिका रोग लागेका बिरामीलाई जिविकोपार्जन बाफत मासिक ५ हजार दिने निर्णय र ६५ बर्ष उमेरमाथिका बृद्धबृद्धालाई थप भत्ता दिने निर्णय अविलम्ब कार्यान्वय गर्न समेत सरकारसँग भेलाले माग गरको छ ।
यस्तै बिधान सम्सोधन गर्ने तथा महासमिति बैठक तत्काल बोलाउने निर्णय गर्दै कांग्रेसले भेलाले सरकार अधिनायकवाद तर्फ अघि बढेकाले नियन्त्रणका लागि छायाँ सरकारको परिकल्पना पुन अघि सार्ने निर्णय गरेको छ ।
राष्ट्रिय राजनीतिमा कांग्रेसको भूमिका थप सक्रिय बनाउन नेतृत्वले आफुनो शैली परिवर्तन गर्नुपर्ने उल्लेख गर्दै जिल्ला सभापतिहरुको भेलाले ध्यानाकर्षण गराएको छ ।
क्याटेगोरी : राजनीति
ट्याग : #कंग्रेस, #जिल्ला सभापति भेला
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्