पारिवारिक भेटमा ओली र गौतमबीच यस्तो सहमति
काठमाडौँ, १३ साउन ः प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओली र पार्टीका उपाध्यक्ष वामदेव गौतमबीच आज साँझ भैसेपार्टीमा पारिवारिक भेटघाट भएको छ ।
गौतमसंग चिढिएका ओली पत्नी सहित पहिलो पटक भैसेपाटी पुगका हुन् । भेटमा समसामयिक राजनीतिक बिषयबार छलफल भएको थियो ।
भेट नितान्त पारिवारिक भएपनि राजनीतिक बिषयमा पनि छलफल भएको भैसेपाटी स्रोतले जानकारी दियो । भेटमा पार्टीलाई अझ एकतावद्ध बनाउने बिषयमा छलफल भएको थियो ।
यस्तै दुई नेताबीच भेटघाटमा पार्टी महासचिव बिष्णुप्रसाद पौडेल पनि सहभागि भएका थिए । गौतमको घरदेखि दुई सय मिटर टाढा रहेका पौडेल एक्कासी प्रधानमन्त्री गौतमलाई भेट्न आउने खवर पाएपछि गौतम निवास पुगेका थिए ।
आज उपाध्क्ष गौतमले ओली यस प्रतिनिधी सभाको कार्यकालसम्म प्रधानमन्त्रीबाट हटाउन नहुने, पार्टी एकता महाधिवेशनबाट मात्र नेतृत्व चयन हुने, कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड हुने ६ बुँदे प्रस्ताव गरेका थिए । पहिले प्रचण्डतिर लागेका गौतम अहिले पार्टी एकता कुनै पनि हालतमा बीचमा टुटन हुन्न भन्दै ओलीतिर लागेका छन् ।
भेटमा प्रधानमन्त्री पत्नी राधिका शाक्य, गौतम पत्नी तथा सांसद तुलसा थापा, गौतमका छोरा हरिश गौतम लगायत अन्य पारिवारका सदस्यको सहभागिता रहेको थियो ।
ओली साँझ ८ बजे गौतम निवास पुगेका थिए । उनीहरुबीच करिव डेढ घण्टा छलफल भएको थियो ।
क्याटेगोरी : ब्रेकिंग न्युज, राजनीति, विशेष
ट्याग : #उपाध्यक्ष वामदेव गौतम
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्