नेपाल र भारत सिमाना दशगजामा पाँच मिटर पर्खाल लगाउनुपर्दछ ः नेता गौतम
काठमाडौ । नेकपाका उपाध्यक्ष वामदेव गौतमले नेपाल भारत सिमानामा दुवै राष्ट्रको हितका निम्ति दशगजाको दुवैतर्फ ५ मिटर अग्ला पर्खाल लगाउनु पर्ने बताएका छन ।
हिजो पार्टीको स्थायी कमिटी बैठकमा उनले अव ढिला नगरि नेपाल भारत विच रहेको खुल्ला सीमाना वन्द गरी प्रवेषाज्ञा प्रणाली लागु गर्नुपर्ने समेत बताए । उनले प्रवेशाज्ञा भने निःशुल्क उपलव्ध हुनुपर्ने उनको भनाई रहेको थियो ।
नेता गौतमले सिंगो राष्ट्रलाई एकतावद्धगरि अतिक्रमित भूमिसहितको नेपालको नयां नक्सा जारी गरेर यो संघर्षमा ९९ प्रतिशत विजय हासिल भएको उल्लेख गर्दे भारतीय सेनाा नेपालीभूमिवाट हट्दासाथ हामीले सय प्रतिशत विजय हासिल गर्ने बताए ।
महाकालीनदीको एकिकृत विकास संवन्धि सन्धि राष्ट्रघाती छ भनेर संयोजकों ह्वीप उल्लंघन गरेको आरोपमा आफू सहितका १६ जना एमालेका शिर्षस्थ नेताहरुलाई पार्टीवाट अन्यायपूर्वक निष्कासन गरिएको भन्दै पार्टी विरोधी भनेर आफूलाई लगाइएको आरोप सहित पार्टीवाट निश्कासन गर्ने त्यसवेलाको एमालेले गरेको निर्णय गलत थियो भनेर अहिले निर्णय गर्न समेत माग गरे .
नेता गौतमले दुवै छिमेकी राष्ट्र संग रहेका नेपालका कुनै पनि समस्या समाधान गर्न युद्धको कल्पना पनि गर्न नसकिने भन्दै सवै समस्या शान्तिवार्तावाट नै समाधान गर्नु पर्नेमा जोड दिए ।
उनले पार्टीको निर्णय र सर्वदलीय सहमतिमा भारतद्वारा अतिक्रमित नेपाली भूमी कालापानी लिपुलेक र लिम्पिया धुरा समेत समेटिएको नेपालको नयां नक्सा जारी गरी संघीय संसदका दुवै सदनवाट सर्वसम्मतिमा पारित गरेर सार्वजनिक गरेकोमां सरकार , सवै राजनितिक दल, दुवै सदन,र सम्पूर्ण नेपाली जनतामा हार्दिक बधाई समेत दिएका थिए ।
क्याटेगोरी : राजनीति, विशेष
ट्याग : #वामदेव गौतम
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्