सिथी नखःमा गरियो पानिको मुहान सरसफाई (फोटो फिचर)
काठमाडौं, जेठ ३० गते । नेवाः (नेवार) जातिका विभिन्न चाडपर्वमध्ये सिथी नखः भिन्न तरिकाले मनाइन्छ । नेवाः जातिका हरेक चाडपर्वमा भोज खाने, मन्दिर गएर पूजा गर्ने चलनभन्दा पृथक रूपमा यो पर्व मनाइन्छ ।
आज (बुधबार) पानीका स्रोतहरूको सरसफाई गर्दै विभिन्न परिकारको भोजन गरेर मनाउने चलन छ । नेवाः जातिले यस पर्वको दिन इनार, ढुङ्गेधारा, कुवा, पोखरी सफा गर्ने गर्छन् । यसरी आफ्ना टोलका मानिसहरु मिलेर नजिकै रहेका इनार, ढुङ्गेधारा, कुवा, पोखरी सफा गर्ने गर्छन् ।
लामो समयदेखिको सुख्खायाम भएकाले यसबेला पानीको सतह पूरै घट्ने गर्छ । सिथी नखःका दिन मुहान सफा गयो भने वर्षभरि पानीको अभाव हुँदैन भन्ने जनविश्वास रहेको संस्कृतिविदको भनाइ छ ।काठमाडौँ उपत्यकाका नेवार समूदायले सिथि नखः मनाएका छन् ।
सिथी नखःको दिन सफा गरेको इनार, ढुङ्गेधारा र कुवाको पानी भने चार दिनसम्म प्रयोग गर्न नहुने परम्परा रहेको छ । पानीको मुहान सफा गरेपछि पानी जम्न समय लाग्नुका साथै फोहोर हुने भएकाले चार दिनपछि मात्रै चलाउने गरिन्छ । सिथि नखः पर्वले मनसुन सुरू हुन लागेको सङ्केत गर्ने गर्दछ ।












क्याटेगोरी : फोटो फिचर
ट्याग : #breaking, #सिथी नखःमा गरियो पानिको मुहान सरसफाई (फोटो फिचर)
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्