अरुण बरुण निमार्ण सेवाद्धारा खाँदबारी नगरपालिकालाई खाद्यान्न सहयोग
खाँदबारी – अरुण बरुण निमार्ण सेवा कम्पनी प्रा.लि.ले खाँदबारी नगरपालिकालाई खाद्यान्न सहयोग गरेको छ । निमार्ण कम्पनीले मंगलबार एक सय ५० बोरा चामल नगरपालिकालाई हस्तान्तरण गरेको हो ।
कोभिड १९ (कोरोना) बाट उत्पन्न समस्या र सिर्जित विषम परिस्थतिमा छाक टार्न समस्या भएका बेसहारा, गरिब श्रमजिविहरुलाई समस्या नहोस् भन्ने उद्देश्यले खाद्यान्न सहयोग गरेको कम्पनीका प्रबन्ध निर्देशक तथा निमार्ण व्यवसायि महासंघ संखुवासभामा महासचिब मिगुर शेर्पाले बताउनुभयो । सहयोग तथा राहत स्वरुप चामल हस्तान्तरण गर्दै शेर्पाले छाक टार्न समस्या भएका गरिब मजदुर वर्गको पहिचान गरि नगरपालिकाका सबै वडाहरुमा राहत वितरण गरिदिन आग्रह गर्नुभयो ।
सहयोग चामल ग्रहण गर्दै खाँदबारी नगरपालिकाका नगर प्रमुख मुरारी प्रसाद खतिवडाले कम्पनीलाई धन्यवाद दिनुभयो । प्रमुख खतिवडाले एकद्धार निति अवलम्वन गरेर चामल वितरण गरिने बताउनु भयो । यो र यस्तै निमार्ण कम्पनी तथा अन्य संघसस्थाको सहयोगले गरिब, असाहय, विपन्न तथा श्रमजिविहरुलाई खानमा समस्या नहुने भन्दै सहयोग गर्न अपिल समेत गर्नुभयो ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १एमालेको राजधानी प्रदेश अध्यक्षमा नारायण सिलवाल, अरु क-कसले पाए जिम्मेवारी ?
- २यि हुन काठमाडौ एमालेमा संसदका लागी सीफारीस भएका दश वटौं क्षेत्रका नामावली
- ३टोखाका प्रथम प्रधानाध्यापक तथा पूर्व प्रधानपञ्च केशवराज जोशीको निधन, नगरपालिकाद्वारा झण्डा ओढाएर सम्मान
- ४मानसिक स्वास्थ्य सेवा विस्तारबारे सर्वोच्च अदालतको फैसला र कार्यान्वायन नभएकोमा सरोकारवालाको चिन्ता
- ५काठमाण्डौ क्षेत्र नं ५ मा ईश्वर पोखरेल सर्वसम्मत
- ६तनावग्रस्त लौकही बजार : सशस्त्र प्रहरीको व्यारेकमा ढुङ्गा मुढा, प्रहरीको विटमा समेत आगजनी
- ७वनभोज खान मुख्यमन्त्री हेलिकप्टरमा पुगेपछि…
- ८सफारी चालकलाई गोली हान्ने सशस्त्रका हवल्दार पक्राउ






तपाईको कमेन्ट लेख्नुहोस्