Techie IT
सोमबार, चैत्र १०,२०८१

पर्सामा हट्यो आजबाट निषेधाज्ञा


राहुल गुप्ता

जेठ ६ वीरगञ्ज । पर्सामा आजबाट निषेधाज्ञा हटेको छ जिल्ला प्रशासन कार्यालय पर्सामा बसेको जिल्ला सुरक्षा समितिको हिजो बसेको बैठकले यस्तो निर्णय हो।

गत बैशाख ३० गते राति ८ बजेदेखि लागु हुने गरी जारी गरिएको निषेधाज्ञा जेठ ५ अर्थात आज राति १२ बजेसम्मका जारी गरिएको थियो ।

निषेधाज्ञाले स्थानीयको जनजीवन अत्यन्तै कष्टकर बन्दै गएपछि चौतर्फी रुपमा निषेधाज्ञा हटाउनुपर्ने माग उठ्दैं आएको थियो।

निषेधाज्ञा हटे पनि नेपाल सरकारले लकडाउनलाई जेठ २० गते सम्मका लागि लम्ब्याएका लागि लकडाउनको नियम पालना गर्न जिल्ला प्रशासन कार्यालय पर्साले सबै सँग अनुरोध गरेको छ।

साथै, सामाजिक दुरी कायम गरेर अत्यावश्यक सामानका पसल खोल्न दिने तर व्यवसायी तथा ग्राहकले सामाजिक दुरी कायम नगरी कोरोनाको जोखिमलाई बढाए थप कडा निर्णय लिन प्रशासन बाध्य हुने सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले जानकारी दिए ।


क्याटेगोरी : समाचार
ट्याग : #पर्सा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Fair
6:01 am6:18 pm +0545