बजेटमा रोजगारी वृद्धि र कृषि क्षेत्रलाई प्राथमिकता दिन सुझाव
सांसदहरुले आगामी बजेटमा कोरोना भाइरसका कारणले परेको बहुपक्षीय असरबाट मुक्त हुने, आयातलाई प्रतिस्थापन गर्ने, रोजगारी वृद्धि र कृषि क्षेत्रलाई प्राथमिकता दिने व्यवस्था गर्नुपर्नेमा जोड दिनुभएको छ ।
आर्थिक वर्ष २०७७/७८ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि छलफलमा भाग लिँदै उहाँहरुले रोजगारी प्रवद्र्धन गर्न उत्पादनमूलक साना तथा घरेलु उद्योग क्षेत्रलाई पनि बजेटले प्राथमिकता दिनुपर्ने बताउनुभयो ।

राष्ट्रिय गौरव, रणनीतिक महत्व र स्थानीय तहका आयोजनालाई आवश्यक बजेट विनियोजन हुनुपर्ने सांसदहरुको भनाइ थियो । बैठकमा सांसद गणेशप्रसाद पहाडीले सरकारले जनताका बीचमा गरेको प्रतिबद्धताको मध्यवधि समीक्षा गर्न अर्थमन्त्रीलाई सुझाव दिँदै ती प्रतिबद्धता कार्यान्वयनका लागि शीर्ष राजनीतिक तहमा छलफल गरेर अघि बढ्न सुझाव दिनुभयो ।
सांसद अमरेशकुमार सिंहले कोरोनाका कारण लाखौँ मजदुर विदेशबाट फर्किने सम्भावना रहेको बताउँदै उनीहरुको रोजगारी र जीवनयापनका लागि आगामी बजेटमा प्राथमिकता दिनुपर्ने बताउनुभयो ।
सांसद डा नारायण खड्काले कोरानाका कारण खस्केको अर्थतन्त्रलाई माथि उकासेर चलायमान बनाउन आवश्यक कार्यक्रम ल्याउन र स्वास्थ्य तथा अर्थतन्त्रलाई समानान्तर रूपमा अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।
राजबहादुर बुढाले कोरोना सङ्क्रमण फैलिएको परिस्थितिलाई आगामी बजेटमा सातै प्रदेशमा सुविधासम्पन्न ठूला अस्पताल स्थापना गर्ने अवसरका रुपमा लिनुपर्ने बताउनुभयो । सांसद तेजुलाल चौधरीले स्वास्थ्य र कृषि र भौतिक पूर्वाधारलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो । सांसद झपट रावलले स्वदेश फर्कने नेपाली नागरिकलाई उचित सावधानीका साथ बजेटमा व्यवस्था हुनुपर्ने बताउनुभयो ।
सांसद गगनकुमार थापाले कोरोना सङ्कटको यस विषम परिस्थितिमा सरकारले जनतामा उत्साह जगाउने बजेट ल्याउनुपर्ने धारणा व्यक्त गर्नुभयो । सांसद रेखा शर्माले पुरानो शैली र परम्परागत ढर्राले बजेटले यो सङ्कटलाई सम्बोधन गर्न नसक्ने भन्दै समयानुकूल वस्तुस्थिति बुझेर अहिलेको सङ्कट समाधान गर्ने बजेट ल्याउनुपर्नेमा जोड दिनुभयो ।
सांसद मीनबहादुर विश्वकर्माले बजेटमा कृषि र उद्योगलाई प्राथमिकतामा राख्नुपर्ने सुझाव दिनुभयो । बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमाथिको छलफलमा जारी छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #बजेटमा रोजगारी वृद्धि र कृषि क्षेत्र
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्