Techie IT
शुक्रबार, वैशाख ४,२०८३

सभामुख डीपी अर्यालको गाडीसँगै अगुवा र पछुवा गाडीमा ट्राफिकले काट्यो चिट


काठमाडौं — डीपी अर्याल सवार रहेको भनिएको गाडीलाई ट्राफिक प्रहरीले नियम उल्लंघन गरेको भन्दै कारबाही गरेको छ।

थापाथली क्षेत्रमा ट्राफिक नियम उल्लंघन गरेको आरोपमा उक्त गाडीलाई चिट काटिएको हो। सभामुखको गाडीसँगै अगुवा र पछुवा गरी थप दुई गाडीमाथि पनि कारबाही गरिएको प्रहरीले जनाएको छ।

ट्राफिक नियम मिच्दै सिंहदरबार पुगेको ती सवारीलाई ट्राफिक प्रहरीले सिंहदरबारमै पुगेर चिट काटेको स्रोतले पुष्टि गरेको छ।

प्रहरीका अनुसार लेन क्रस गर्ने क्रममा नियम उल्लंघन भएको पाइएपछि कारबाही गरिएको हो। “नियम उल्लंघन गर्ने जोसुकै भए पनि कारबाही हुन्छ,” ट्राफिक स्रोतले जनाएको छ।

उक्त समयमा सभामुख गाडीमा सवार थिए वा थिएनन् भन्नेबारे भने प्रहरीले स्पष्ट जानकारी दिएको छैन।


क्याटेगोरी : समाचार
ट्याग : #सभामुख डीपी अर्यालको गाडीसँगै अगुवा र पछुवा गाडीमा ट्राफिकले काट्यो चिटथि


तपाईको कमेन्ट लेख्नुहोस्