अमेरिका–इरान युद्धविराम वार्ता पाकिस्तानमा हुँदै, इस्लामाबादमा दुई दिन बिदा घोषणा
काठमाडौं । पाकिस्तानमा अमेरिका र इरानबीच युद्धविराम वार्ता आज (शुक्रबार) र भोलि शनिबार हुँदैछ ।
रोयटर्सका अनुसार वार्ता पाकिस्तानको राजधानी इस्लामाबादको सेरेना होटलमा हुन लागेको हो । अमेरिकी प्रतिनिधिमण्डल आज इस्लामाबाद आइपुग्नेछ । इरानी प्रतिनिधिमण्डल इस्लामाबाद आइपुगिसकेको छ ।
अमेरिकी उपराष्ट्रपति जेडी भान्सले बैठकमा अमेरिकी टोलीको नेतृत्व गर्नेछन्, जसमा अमेरिकी विशेष दूत स्टिभ विटकफ र राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ जेरेड कुशनर पनि सामेल हुनेछन् ।
इरानी मिडियाका अनुसार संसदका सभामुख मोहम्मद बाघेर गालिबाफले इरानको प्रतिनिधित्व गर्नेछन् ।
यसैबीच, पाकिस्तानी सरकारले वार्ता कार्यक्रम अघि सुरक्षा कारणले इस्लामाबादमा दुई दिनको सार्वजनिक बिदा घोषणा गरेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #अमेरिका–इरान युद्धविराम वार्ता
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्