प्रेश युनियन संखुवासभाद्वारा संचारकर्मीलाई खाद्यान्न सहयोग
नेपाल प्रेश युनियन जिल्ला शाखा संखुवासभाले लामो समयको लकडाउनका कारण समस्यामा रहेका संखुवासभाका संचारकर्मीलाई खाद्यान्न सहयोग उपलब्ध गराएको छ ।
नेपाल प्रेश युनियनका जिल्ला शाखाका सभापति कृष्णराज शाक्यले नेपाल पत्रकार महासंघ जिल्ला शाखा संखुवासभा मार्फत जिल्लाका दुर्गम क्षेत्रबाट सदरमुकाममा बसेर संचारकर्ममा खटिरहेका जिल्लाका १० संचारकर्मीलाई सहयोग उपलब्ध गराईएको जानकारी दिनुभयो ।
महासंघका अध्यक्ष ईन्द्र गिरीलाई सहयोग हस्तान्तर गर्दै कोरोना संत्रासका कारण सरकारले घोषणा गरेको लकडाउनबाट दैनीक गुजाराको समस्यामा रहेका क्रियाशिल पत्रकारहरुलाई सानै भए पनि सहयोग स्वरुप राहत उपलब्ध गराईएको वहाँको भनाई थियो । राहत सामग्री हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दे पत्रकार महासंघका सभापति ईन्द्रकुमार गिरीले लामो समयको लकडाउनका कारण संचारकर्मीहरु समेत समस्यामा रहेको बेला सहयोग उपलब्ध गराएकोमा नेपाल प्रेश युनियन जिल्ला शाखा संखुवासभालाई धन्यबाद प्रकट गर्नूभएको थियो ।
वहाँले प्रेश युनियन मार्फत उपलब्ध गराईएको सहयोग सामग्री समस्यामा रहेका जिल्लाका १० संचारकर्मीलाई प्रतिब्यक्ती १ बोराका दरले उपलब्ध गराईने जानकारी दिनुभयो । खाद्यान्न सहयोग कार्यक्रममा नेपाल पत्रकार महासंघका पदाधीकारी, नेपाल प्रेश युनियन शाखा संखुवासभाका केन्द्रीय पार्शद दिपेन्द्र शाक्य, प्रदेश पार्षद सुजन बज्राचार्य लगायतको उपस्थीति रहेको थियो ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्