Techie IT
शुक्रबार, वैशाख ११,२०८३

“माइती–मावली सेवा” को आय व्यय सार्वजनिक


खाँदबारी । संखुवासभाको खाँदबारीमा दशैंको अवसरमा सञ्चालित निःशुल्क ‘माइती–मावली सेवा’ नामक अभियानको आय–व्यय सार्वजनिक गरिएको छ।
अभियानका संयोजक मेघराज तोलाङ्गीका अनुसार, स्वेच्छाले सुरु गरिएको उक्त अभियानमा ५१ जनाबाट कुल ६६ हजार ६ सय ६५ रुपैयाँ सहयोग प्राप्त भएको छ। अभियान सञ्चालनका क्रममा ३२ हजार ७ सय १० रुपैयाँ खर्च भएको र ३३ हजार ९ सय ५५ रुपैयाँ बचत भएको संयोजक तोलाङ्गीले बताउनुभयो।
दशैं अवधिमा सञ्चालन गरिएको सो अभियानमार्फत १६७ जनाले निःशुल्क मोटरसाइकल राइड सुविधा प्राप्त गरेका थिए। सेवामा मेघराज तोलाङ्गी, डेनिस पराजुली, रमेश कटुवाल, पूर्णचन्द्र चापागाईँ, शङ्कर कुलुङ र सागर राई र खेवाहाङ मेवाहाङ गरी ७ जना युवा स्वयंसेवकमा सक्रिय रहेका थिए।
अभियान सफलतापूर्वक सम्पन्न भएपछि सो टोलीले आगामी दिनमा ‘संकट साथी’ नामक नयाँ सहयोगी अभियान सञ्चालन गर्ने तयारी गरेको जनाएको छ। उक्त अभियानमार्फत आकस्मिक अवस्थाका व्यक्तिहरूलाई तत्काल सहायता उपलब्ध गराउने उद्देश्य रहेको टोलीले जनाएको छ।

क्याटेगोरी : समाचार, समाज
ट्याग : #अभियान, #आय–व्यय सार्वजनिक, #दशैं, #निःशुल्क ‘माइती–मावली सेवा, #संखुवासभा


तपाईको कमेन्ट लेख्नुहोस्