कोरोनाको कहर ः सहकर्मीलाई राहत
काठमाडौं । नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाले विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा करीब १०० पत्रकारलाई आइतबार राहत वितरण गरेको छ । शाखाले कोभिड–१९ को सङ्क्रमण न्यूनीकरण गर्न सरकारले जारी गरेको लकडाउनको समयमा जीविकोपार्जन गर्न कठिन भएका आफ्ना सदस्य पत्रकारलाई चामल, दाल, नून, तेललगायत खाद्य सामग्री प्रदान गरेको हो ।
शाखाका अध्यक्ष शन्तराम विंडारीले पत्रकारिता क्षेत्रलाई थप व्यावसायिक र पारदर्शी बनाएर समाजमा सत्य तथ्य सूचना प्रवाहमा आफू क्रियाशील रहने प्रतिबद्धता व्यक्त गर्दै अभाव, दवाब र प्रभाव विनाको पत्रकारिताको खाँचो औँल्याउनु भयो । उहाँका अनुसार स्थानीय तहले वितरण गरेको राहतमा पत्रकारको प्रत्यक्ष पहुँच नभएकाले काठमाडौँ शाखाले खाद्य सामग्री सङ्कलन गरी आफ्ना सदस्यलाई वितरण गरेको हो ।
उपत्यका प्रदेश समिति सचिव विष्णु आचार्य, शाखाका पूर्वसभापति ईश्वरी वाग्ले, पत्रकार चक्रपाणि नेपाल, भावना विद्रोही, केबी सम्राट, फणीन्द्र फुयाँल, कृष्ण लेकाली, कालिका महत लगायतले कोभिड–१९ का कारण विश्व अर्थतन्त्र सङ्कुचन भई नकारात्मक प्रभाव पर्ने हुँदा पत्रकारिता क्षेत्रले सामाजिक रुपान्तरणका लागि कलम चलाउनुपर्ने विचार व्यक्त गर्नुभयो । शाखाका उपाध्यक्ष सूर्य सुवेदीले दुःख पाएका सबै नागरिकलाई मानवीयताका आधारमा राहत सहयोग उपलब्ध गराउनुपर्नेमा जोड दिनुभयो ।
यसैबीच ट्राइकोट इन्डस्ट्री प्रालिका प्रतिनिधि रवि पौडेलले पाँच थान व्यक्तिगत सुरक्षा सामग्री उक्त शाखालाई हस्तान्तरण गर्नुभयो । दैनिक घटनाक्रमको समाचार सङ्कलनमा क्रियाशील रहने शाखाका १५ सदस्यलाई ‘कोरोना बीमा’ गरिने जनाइएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #राहत वितरण
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्