रास्वपा प्रवास विभागद्धारा हङकङमा बाढी–पहिरो पीडितको सम्झनामा दीप प्रज्वलन
हङकङ, नेपालमा भदौ १० गते आएको विनाशकारी बाढी तथा पहिरोमा परी ज्यान गुमाएका नागरिकहरूको सम्झनामा हङकङमा दीप प्रज्वलन तथा श्रद्धांजलि कार्यक्रम सम्पन्न भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवास विभाग हङकङ र मकाउको संयुक्त आयोजनामा उक्त कार्यक्रम गरिएको हो।
रास्वपा प्रवास विभाग हङकङका सभापति झमबहादुर गुरुङका अनुसार असोज ११ गते आइतबार जोर्डनस्थित चुम्लुङ हिममा उक्त श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरिएको थियो।

कार्यक्रममा नेपालको प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउनेहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरियो।
रास्वपा प्रवास विभाग हङकङका सभापति झमबहादुर गुरुङ र मकाउ प्रवास विभाग प्रमुख उदित खत्रीको संयुक्त अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रमको सञ्चालन रास्वपाका सहसचिव सन्तोष राईले गरेका थिए। कार्यक्रममा उपस्थित सहभागीहरूले मैनबत्ती प्रज्वलन गरी दिवङ्गत आत्माको चिरशान्तिको कामना गरेका थिए।
क्याटेगोरी : समाचार
ट्याग : #रास्वपा प्रवास विभागद्धारा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्