राजनीतिमा पुन सक्रिय विद्या भण्डारी, एमाले सदस्यता नवीकरणको पुष्टि , सुदृढ एमाले बनाउन फर्किएको प्रस्टोक्ति
पूर्वराष्ट्रपति विद्या भण्डारीले पार्टीलाई सफल, सुदृढ र एकताबद्ध बनाउनका लागि एमाले पार्टीमा पुनः सक्रिय बन्ने उद्देश्यले आफ्नो सदस्यता नवीकरण गरिसकेको स्पष्ट पारेकी छन्। उनले एमाले नेतृत्वले गरेको निषेधलाई अवैध भन्दै त्यसविरुद्ध कडा प्रतिक्रिया दिएकी छन्।
एमालेद्वारा पार्टी सदस्यताबाट वञ्चित गरिएपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै भण्डारीले आफूलाई पुनः राजनीति गर्न नदिने प्रयास संविधानको मर्म र भावना विपरीत भएको बताइन्। “सदस्यता नवीकरण भइसकेको विषय हो, यसलाई विवादको विषय बनाउनु आवश्यक छैन,” उनले भनिन्।
भण्डारीले आफू राजनीतिक पृष्ठभूमिबाट आएकी भएकाले नै राष्ट्रपतिको जिम्मेवारी सम्हाल्न सक्षम भएकी बताइन्। “म राजनीतिक व्यक्ति भएकाले नै राष्ट्रकै सर्वोच्च पदमा पुगेँ। राष्ट्रपतिको जिम्मेवारी पूरा गरेर फेरि पार्टी राजनीतिमा फर्किनु कुनै अनौठो कुरा होइन,” उनले स्पष्ट गरिन्।
उनको भनाइमा, राष्ट्रपतिका रूपमा आफ्नो कार्यकाल पूरा गरेपछि अब पदको कुनै लालसा छैन, तर देश र जनताको सेवामा लाग्ने प्रतिबद्धता यथावत् छ। “म राष्ट्रकै सर्वोच्च पदमा पुगेर आफ्नो नाम इतिहासमा दर्ज गरिसकेको छु, अब पदको चाहना छैन,” उनले भनिन्।
भण्डारीले एमालेको निर्णय आवेग र उत्तेजनामा आधारित रहेको भन्दै त्यसले पार्टीको साख नै गिराउने चेतावनी दिइन्। “मलाई सदस्यताबाट वञ्चित गराउने कुनै पनि वैधानिक कारण छैन,” भन्दै उनले उक्त निर्णयको वैधतामाथि प्रश्न उठाइन्।
उनले संविधानले कसैलाई पनि राजनीति गर्न नपाउने गरी दलबाट बहिष्कृत गर्ने अधिकार नदिएको स्पष्ट पार्दै भनिन्, “यो घामजत्तिकै छर्लङ् कुरा हो – जबजले संवैधानिक सर्वोच्चता र विधिको शासनलाई आत्मसात् गरिसकेको छ।”
क्याटेगोरी : banner, bannernews, समाचार
ट्याग : #विद्या भण्डारी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्