संखुवासभाका सुनचाँदी पसलहरू अनिश्चितकालीन बन्द
संखुवासभा, असार १४ — सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत सुन र बहुमूल्य पत्थरमा कर बढाएपछि संखुवासभाका सुनचाँदी व्यवसायी आन्दोलित भएका छन् । जिल्लामा क्रियाशील तीन दर्जनभन्दा बढी सुनचाँदी पसलहरू शुक्रबारदेखि अनिश्चितकालीन बन्द गरिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघ अन्तर्गतको संखुवासभा शाखाले सरकारको नयाँ कर नीतिको विरोधस्वरूप जिल्ला भरका पसलहरू बन्द गरेको हो । संघका शाखा अध्यक्ष जनक पौडेलीका अनुसार, नयाँ बजेटमा सुनमा २ प्रतिशत विलासिता कर र हिरा तथा रत्नमा १३ प्रतिशत कर लागु गरिएको छ । जसले व्यवसाय सञ्चालनमा गम्भीर असर पार्ने देखिएको छ ।
व्यवसायीहरूले भन्सार दर ६ प्रतिशतमा कायम गर्नुपर्ने, सुनचाँदी कारोबारका लागि स्पष्ट नीति तथा कार्यविधि आवश्यक रहेको र लगाइएका अव्यवहारिक करहरू तत्काल खारेज गर्नुपर्ने माग राखेका छन् ।
नयाँ कर प्रणालीले व्यवसाय नै धरापमा पार्ने खतरा देखिएको छ, अध्यक्ष पौडेलीले भन्नुभयो, सरकारले व्यवसायीहरूसँग परामर्श नगरी एकतर्फी निर्णय गरेकाले हामी बाध्य भएर आन्दोलित भएका हौं ।’
सुनचाँदी व्यवसायीहरू हाल देशव्यापी रूपमा चरणबद्ध आन्दोलनमा उत्रिएका छन् । संखुवासभाका व्यवसायीहरूले पनि केन्द्रका निर्देशनअनुसार आन्दोलनमा ऐक्यबद्धता जनाउँदै पसलहरू बन्द गरेका हुन् ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #अनिश्चितकालीन बन्द, #कर, #नेपाल सुनचाँदी व्यवसायी महासङ्घ, #संखुवासभा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्