जिल्ला स्वास्थ्य कार्यालय सङ्खुवासभालाई स्वास्थ्य सामग्री प्रदान
कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रदेश नं. १ सरकारले जिल्ला स्वास्थ्य कार्यालय सङ्खुवासभालाई रु पाँच लाख मूल्यभन्दा बढीको स्वास्थ्य सामग्री प्रदान गरेको छ । प्रदान गर्ने स्वास्थ्य सामग्रीमा ३६० किट, इन्फ्रारेड थर्मलगन तीन, पिपिइ सेट ५० र एन–९५ मास्क ५० थानका साथै क्लोरिन, पञ्जालगायतका छन् ।
सो किट रु पाँच लाख मूल्य बराबरको रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख रमेश बाह्रकोटीले जानकारी दिनुभयो । उहाँले यसअघि पनि प्रदेश सरकारले आरडिटी टेष्ट गर्न २१० थान किट उपलब्ध गराएको बताउनुभयो । त्यस्तै हेल्पिङ हेण्डस् सामुदायिक अस्पताल काठमाडाँैका सञ्चालक डा गुप्तबहादुर श्रेष्ठले विभिन्न स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग गर्नुभएको छ ।
डा श्रेष्ठले जिल्ला समन्वय समितिमार्फत अत्यावश्यक अक्सिजन कन्र्सन्टेटरसहितका सामग्री उपलब्ध गराउनुभएको हो । स्वास्थ्य सामग्री शुक्रबार एक कार्यक्रमका बीच जिल्ला समन्वय समितिले सम्बन्धित स्वास्थ्य कार्यालयलाई हस्तान्तरण गरेको हो ।
डा श्रेष्ठले ताम्कु प्राथमिक स्वास्थ्य केन्द्र, नुम प्राथमिक स्वास्थ्य केन्द्र, वाना प्राथमिक स्वास्थ्य केन्द्र र चैनपुर प्राथमिक स्वास्थ्य केन्द्रलाई अत्यावश्यक अक्सिजन कन्र्सन्टेटर, निबुलाइजर, पल्स ओक्सीमिटर, आस्थालिन सोलुसन, पिपिइ सेट, एन–९५ मास्कलगायत नौ प्रकारका सामग्री सहयोग गर्नुभएको हो ।
उहाँले एक प्राथमिक स्वास्थ्य केन्द्रलाई करिब रु डेढ लाख बराबरको सामग्री सहयोग गर्नुभएको हो । त्यस्तै डा श्रेष्ठले जिल्ला स्वास्थ्य कार्यालय, जिल्ला अस्पताल खाँदबारी र तेजरत्न आँखा तथा कान उपचार केन्द्रलाई पनि स्वास्थ्य सामग्री सहयोग गर्नुभएको छ ।
उहाँले अस्पताल र स्वास्थ्य कार्यालयलाई पिपिइ सेट, स्यानिटाइजर, मास्कलगायतका सामग्री सहयोग गर्नुभएको छ भने तेजरत्न आँखा तथा कान उपचार केन्द्रलाई मेडिकल मास्क र स्यानिटाइजर उपलब्ध गराउनुभएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #जिल्ला स्वास्थ्य कार्यालय सङ्खुवासभा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्