जिल्ला स्वास्थ्य कार्यालय सङ्खुवासभालाई स्वास्थ्य सामग्री प्रदान

कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रदेश नं. १ सरकारले जिल्ला स्वास्थ्य कार्यालय सङ्खुवासभालाई रु पाँच लाख मूल्यभन्दा बढीको स्वास्थ्य सामग्री प्रदान गरेको छ । प्रदान गर्ने स्वास्थ्य सामग्रीमा ३६० किट, इन्फ्रारेड थर्मलगन तीन, पिपिइ सेट ५० र एन–९५ मास्क ५० थानका साथै क्लोरिन, पञ्जालगायतका छन् ।
सो किट रु पाँच लाख मूल्य बराबरको रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख रमेश बाह्रकोटीले जानकारी दिनुभयो । उहाँले यसअघि पनि प्रदेश सरकारले आरडिटी टेष्ट गर्न २१० थान किट उपलब्ध गराएको बताउनुभयो । त्यस्तै हेल्पिङ हेण्डस् सामुदायिक अस्पताल काठमाडाँैका सञ्चालक डा गुप्तबहादुर श्रेष्ठले विभिन्न स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग गर्नुभएको छ ।
डा श्रेष्ठले जिल्ला समन्वय समितिमार्फत अत्यावश्यक अक्सिजन कन्र्सन्टेटरसहितका सामग्री उपलब्ध गराउनुभएको हो । स्वास्थ्य सामग्री शुक्रबार एक कार्यक्रमका बीच जिल्ला समन्वय समितिले सम्बन्धित स्वास्थ्य कार्यालयलाई हस्तान्तरण गरेको हो ।
डा श्रेष्ठले ताम्कु प्राथमिक स्वास्थ्य केन्द्र, नुम प्राथमिक स्वास्थ्य केन्द्र, वाना प्राथमिक स्वास्थ्य केन्द्र र चैनपुर प्राथमिक स्वास्थ्य केन्द्रलाई अत्यावश्यक अक्सिजन कन्र्सन्टेटर, निबुलाइजर, पल्स ओक्सीमिटर, आस्थालिन सोलुसन, पिपिइ सेट, एन–९५ मास्कलगायत नौ प्रकारका सामग्री सहयोग गर्नुभएको हो ।
उहाँले एक प्राथमिक स्वास्थ्य केन्द्रलाई करिब रु डेढ लाख बराबरको सामग्री सहयोग गर्नुभएको हो । त्यस्तै डा श्रेष्ठले जिल्ला स्वास्थ्य कार्यालय, जिल्ला अस्पताल खाँदबारी र तेजरत्न आँखा तथा कान उपचार केन्द्रलाई पनि स्वास्थ्य सामग्री सहयोग गर्नुभएको छ ।
उहाँले अस्पताल र स्वास्थ्य कार्यालयलाई पिपिइ सेट, स्यानिटाइजर, मास्कलगायतका सामग्री सहयोग गर्नुभएको छ भने तेजरत्न आँखा तथा कान उपचार केन्द्रलाई मेडिकल मास्क र स्यानिटाइजर उपलब्ध गराउनुभएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #जिल्ला स्वास्थ्य कार्यालय सङ्खुवासभा
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्