मकैसीङस्थित स्यामतेस र पाङखोलामा रहेका ३० घरधुरी चेपाङ परिवारलाई खाद्यसामग्री हस्तान्तरण
गोरखाका, १७ बैशाख । गण्डकी गाउँपालिका वडा नं १ मकैसीङस्थित स्यामतेस र पाङखोलामा रहेका ३० घरधुरी चेपाङ परिवारलाई खाद्यसामग्री हस्तान्तरण गरिएको छ।
अष्ट्रेलियामा रहेका जोन घलेको सहयोगमा बिकास हाईड्रोका प्रबन्ध निर्देशक कृष्ण घिमिरे, निर्देशक सरोज धिताल र प्रेस संगठन काठमाडौँका संयोजक सागर पन्तको पहलमा उक्त खाद्यसामग्री हस्तान्तरण गरिएको हो।

बुधवार बुटारमा एक कार्यक्रमकावीच २० बोरा चामल, नुन र तेलसहितका खाद्यसामग्री हस्तान्तरण गरिएको संयोजक पन्तले जानकारी दिए।
गण्डकी गाउँपालिका वडा नं १ का प्रतिनिधिको रोहवरमा चेपाङ समुदायका परिवारलाई उक्त राहत हस्तान्तरण गरिएको हो । राहत हस्तान्तरण कार्यक्रममा नेकपा गण्डकी गाउँपालिकाका अध्यक्ष सिताराम रसाइली, वडा नंं. १ का सदस्य मीन बहादुर सुनार लगायतको उपस्थिति रहेको थियो।

उक्त राहत सामग्री लकडाउनले समस्यामा परेका चेपाङ समुदायलाई वडा कार्यालयको रोहवरमा सामानुपातिक रुपमा वितरण गरिने वडा सदस्य सुनारले जानकारी दिए।
क्याटेगोरी : समाचार
ट्याग : #गण्डकी गाउँपालिका
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्