मानव अधिकारको अवस्थाका बारेमा अनुगमन
काठमाडौं । विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरस वा कोभिड–१९ को
महामारीको सन्दर्भलाइ लिएर मानव अधिकारको अवस्थाका बारेमा अनुगमन शुरु गरिएको छ ।
नेपाल पत्रकार महासङ्घ काठमाडौँका अध्यक्ष शन्तराम बिडारी, काठमाडौँ जिल्ला वार एशोसिएशनका अध्यक्ष जगदीश घिमिरे र गैह्रसरकारी संस्था महासङ्घ काठमाडौँका अध्यक्ष प्रदीप डङ्गोल रहेको अनुगमन समितिले यस्तो अनुगमन शुरु गरेको हो ।
राष्ट्रिय मानवअधिकार आयोगले दिएको कार्यादेशबमोजिम काठमाडौँ जिल्लामा पनि मनवअधिकार अनुगमन गरिएको समितिले जनाएको छ ।
पत्रकार महासङ्घ काठमाडौँ जिल्लाका अध्यक्ष बिडारीले काठमाडौँ महानगरपालिकासहित अन्य १० वटै नगरपालिकामा सरकारबाट भइरहेको कार्य, स्वास्थ्य उपचारको अवस्था, आम उपभोक्ताको अधिकार, अभिव्यक्ति स्वतन्त्रता, न्याय प्रशासनमा पहँच, नागरिका कर्तव्य लगायत कोभिड–१९ बाट प्रभावित अन्य मानवअधिकारको अवस्थाको अनुगमन गरिएको बताएका छन् ।
समितिले आफ्ना विभिन्न संयन्त्रमार्फत अध्ययन, अनुगमन र सहजीकरण गरिरहेको भन्दै उनले अनुगमनबाट स्थानीयस्तरमा देखिएको समस्या सहजीकरणका लागि आयोगसँग सम्पर्क र समन्वय गरिएको जनाएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #अनुगमन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्