मानव अधिकारको अवस्थाका बारेमा अनुगमन

काठमाडौं । विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरस वा कोभिड–१९ को
महामारीको सन्दर्भलाइ लिएर मानव अधिकारको अवस्थाका बारेमा अनुगमन शुरु गरिएको छ ।
नेपाल पत्रकार महासङ्घ काठमाडौँका अध्यक्ष शन्तराम बिडारी, काठमाडौँ जिल्ला वार एशोसिएशनका अध्यक्ष जगदीश घिमिरे र गैह्रसरकारी संस्था महासङ्घ काठमाडौँका अध्यक्ष प्रदीप डङ्गोल रहेको अनुगमन समितिले यस्तो अनुगमन शुरु गरेको हो ।
राष्ट्रिय मानवअधिकार आयोगले दिएको कार्यादेशबमोजिम काठमाडौँ जिल्लामा पनि मनवअधिकार अनुगमन गरिएको समितिले जनाएको छ ।
पत्रकार महासङ्घ काठमाडौँ जिल्लाका अध्यक्ष बिडारीले काठमाडौँ महानगरपालिकासहित अन्य १० वटै नगरपालिकामा सरकारबाट भइरहेको कार्य, स्वास्थ्य उपचारको अवस्था, आम उपभोक्ताको अधिकार, अभिव्यक्ति स्वतन्त्रता, न्याय प्रशासनमा पहँच, नागरिका कर्तव्य लगायत कोभिड–१९ बाट प्रभावित अन्य मानवअधिकारको अवस्थाको अनुगमन गरिएको बताएका छन् ।
समितिले आफ्ना विभिन्न संयन्त्रमार्फत अध्ययन, अनुगमन र सहजीकरण गरिरहेको भन्दै उनले अनुगमनबाट स्थानीयस्तरमा देखिएको समस्या सहजीकरणका लागि आयोगसँग सम्पर्क र समन्वय गरिएको जनाएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #अनुगमन
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्