Techie IT
आईतबार, असार २१,२०८३

भारतीय प्रधानमन्त्री मोदीलाई ज्यान मार्ने धम्की


काठमाडौं । यही ९ जुलाईमा अष्ट्रेलिया भ्रमणमा निस्किन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भ्रमणअघि ज्यान मार्ने धम्की आएको छ ।

भ्रमणअघि उनलाई ज्यान मार्ने धम्की आएको घटनापछि सुरक्षा निकायहरूलाई उच्च सतर्कतामा राखिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

अष्ट्रेलियाको मेलबर्न सहरमा आयोजना हुन लागेको ‘मेलबर्न मिट्स मोदी’ कार्यक्रमको प्रचारका क्रममा सामाजिक सञ्जालको एक पोस्टमा उक्त धम्की आएको थियो ।

मोदीविरुद्धको ज्यान मार्ने धम्कीपछि अष्ट्रेलियाली प्रहरीले यस विषयमा अनुसन्धान सुरु गरेको छ ।

द अष्ट्रेलिया टुडेको एक रिपोर्ट अनुसार उक्त धम्कीले दुवै देशका सुरक्षा निकायहरूमाझ चिन्ता बढाएको छ ।

यस विषयबारे जानकारी भएका स्रोतहरूलाई उद्धृत गर्दै द अष्ट्रेलियाले जनाएअनुसार, अनुसन्धानकर्ताहरूले फेसबुक पोस्टमा टिप्पणी गर्ने व्यक्तिको आईपी ठेगाना पत्ता लगाएका छन् । उनीहरूले अहिले ती टिप्पणीकर्ताको पहिचान र त्यस पछाडिको उद्देश्यबारे अनुसन्धान गरिरहेका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #भारतीय प्रधानमन्त्री मोदीलाई ज्यान मार्ने धम्की


तपाईको कमेन्ट लेख्नुहोस्