संखुवासभामा मकालु महोेत्सव सुरु
मकालु हिमाल आरोहणको ७० बर्ष पूरा
खाँदबारी (संखुवासभा), १४ फागुन । संखुवासभामा रहेको मकालु हिमाल आरोहणको ७० वर्ष पुरा भएको अवशरमा मकालु गाउँपालिकाले बुधबारबाट मकालु महोत्सव आयोजना गरेको छ । मकालु गाउँपालिकाको केन्द्र नुमबजारमा आयोजित कार्यक्रममा जिल्लामा भएका जातजातिका झाँकी प्रदर्शन गरिएको थियो । झाँकीले नुमको बिभिन्न स्थानको परिक्रमा गरेको थियो । भाषा आयोगका सदस्य डा पुस्करदेब भट्ट, कोशी प्रदेशका पूर्वमन्त्री तथा संखुवासभाका प्रदेश सांसद राजेन्द कार्की र मकालु गाउँपालिकाका अध्यक्ष वाङदी शेर्पाले पानसमा बत्तिबालेर महोत्सवको उदघाटन गर्नुभएको थियो ।
विश्वको पाँचौ अग्लो हिमाल मकालु ८ हजार ४ सय ६३ मिटर उचाईमा छ । मकालु हिमालको शिखरमा मानव पाइला टेकेको ७० वर्ष पुरा भएको गाउँपालिका अध्यक्ष शेर्पाले बताउनुभयो । सन् १९५५ को मे १५ मा जिन फ्रान्को नेतृत्वको ‘फ्रान्स स्प्रिङ १०५५’ नामक आरोहण दलबाट जिन कोजी र लियोनर टेरी पहिलो पटक मकालुको शिखरमा पुगेको शेर्पाले बताउनुभयो । मकालु हिमालको पश्चिम मोहडाबाट शिखर चुम्न सफल दुवै आरोही जीवित छैनन् । सर्वोच्च शिखर सगरमाथामा चुमेको ठिक दुई वर्षपछि मकालु हिमालको आरोहण सफल भएको अध्यक्ष शेर्पाले बताउनुभयो।
मकालु महोत्सवको अवशरमा दक्षिण एसियाली साहित्यिक साँस्कृतिक सम्मेलन पनि उदघाटन गरिएको छ । बुधबारबाट सुरु भएको महोत्सव र सम्मेलन फागुन १७ सम्म चल्ने छ । दक्षिण एसियाका विभिन्न मुलुकबाट साहित्यकार र कलाकारहरुको उपस्थिति भएका छन् । उनीहरुले आ-आफनो देशको भाषा संस्कृति पनि पदर्शन गरेका छन् ।
मकालु महोत्सवले धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रचारप्रसारमा सहयोग पुग्ने अपेक्षा गरिएको अध्यक्ष शेर्पाको भनाई छ । महोत्सवले मकालुको मात्र नभई संखुवासभाको पर्यटन, सांस्कृतिक साथै साहित्यिक क्षेत्रमा टेवा पुग्ने उहाँले बताउनुभयो । दक्षिण एसियाली सम्मेलनको संयोजन मकालु साहित्य समाजले गरेको हो । महोत्सवका अवसरमा गाउँपालिकालाई विभिन्न क्षेत्रबाट योगदान गर्नेहरुलाई सम्मान गरिएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #मकालु गाउँपालिका, #संखुवासभा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्