Techie IT
शुक्रबार, फागुन २,२०८१

प्रधानमन्त्री ओली र महेश बस्नेतको सम्बन्ध बिग्रेको बारेमा कथा लेख्नेहरुको नाममा दामोदर दगांलको कटाक्ष


दामोदर दगांल

प्रधानमन्त्री ओली र महेश बस्नेतको सम्बन्ध बिग्रेको बारेमा कथा लेख्नेहरुको नाममा दामोदर दगांल हो गौरवले भन्छौ, महेश दाई तपाईंलाई । भक्तपुरले धेरै बर्षमा एउटा असल नेताको रुपमा प्राप्त गरेको छ । सयौं बर्ष पछी भक्तपुर राज्यको मुलधारमा अगाडी बडन खोज्दैछ । विकासको तीब्र गतीमा अगाडी बडिरहेको छ । जिल्लाका बिगतमा जुनसुकै दलसँग निकट रहेका भएपनि कमरेड महेश बस्नेत र उहाँको यो योगदानलाई उच्च सम्मानका साथ हेरिरहेका छन् । राज्यको उच्च तहमा रहेका नेतृत्व, प्रहरी र प्रशासनको मान्छेहरुको राजनैतिक र ब्यबहारिक छलफल गर्ने थलो बनेको छ भक्तपुर ।

दुख, संकट र अफ्ट्यारो पर्दा अवाज बिहिनको आवाज बनेको छ भक्तपुर । यो नेतृत्व त्यसै जन्मेको होइन मध्यम बर्गीय किसानको परिवारमा जन्मेर यही भक्तपुरको धुलो, हिलो माटो र बाटोमा लड्दै, पढ्दै र बढ्दै संघर्षको दौरानमा मृत्युसँग साक्षात्कार गर्दै जन्मेको सशक्त ब्यक्तित्व र नेतृत्व हो महेश बस्नेत । नेपालमा न्याय मर्न लाग्दा, सामाजिक सद्भाव सकिन लाग्दा तमाम युबाहरुको नेतृत्व गर्दै लाखौ युवाहरुको ढुकढुकी बनेर तिखारिएको बक्ती हो महेश बस्नेत । सम्माननिय प्रधानमन्त्री केपी ओलीको बिचारले नेतृत्व गर्नु पर्छ र तत्कालीन एमालेको अध्यक्ष र प्रधानमन्त्री बन्नु पर्छ ।

उहाँको शारीरिक अबस्थालाई संवेदना हराएका मान्छेले कुरा काट्दा उहाँले भन्नुभयो केपी ओली स्टेचर चडेर भएपनी यो देशको राजनेताको रुपमा नेतृत्वको रुपमा स्थापित गराउन पर्छ भनेर लाग्नु भयो । त्यो दौरान केपी कमरेडको तेजोबोध गर्ने र केपी कमरेड र उनका समर्थन गर्ने महेश जस्ता ब्यक्तिलाई अनेक लालछना लाएर अनुसासन आयोग मुद्धा हाल्ने र अरु नेताको चाकडी गरेर बस्ने ब्यक्तीहरु आज केपी कमरेडको खास मान्छे हुँ भन्दै मिडिया बाजि गर्दैछन् ।

त्यो दौरान ज्यान बाजि लागाएर हिडने महेश, निरु, राजिबहरु केपी कमरेडबाट टाडा भए भनेर कथा लेखाउन थालेछन कठै बिचरा १ हिजो महेश बस्नेतको पुच्छर समाएर राजनीतिमा बैतर्नी तरेकाहरु, उहाँकै भाई हुँभन्दै राजनीतिको आडमा हुने नहुने सबै लाभ लिनेहरु, उहाँकै पीए बनेर उचार्इ बनाएर, रमाएर र कमाएर हिडेका, अनि अपहरणका ज्यान मार्ने मुद्धा बोकेर पुलिसका मष्ट वान्टेड सूचीमा रहेर बसेका तथा राजनैतिक रुपमा पराजित निरास र कुन्ठा बोकेका महेशको कारणले सांसदको टिकट नपाएको झोकमा पार्टी छाडेर ४र५ वटा पार्टी चहारेर फेरि यतै आएका व्यक्तिहरु योजनाबद्ध प्रहार सुरु भएछ ।

अनलाइन मिडियामा कथा बनाएर पैसा खर्च गरेर शेयर गर्न थालेछ्न् । अनि महेश र उनका समर्थकहरुका कुरा लागाएर कुरा काटेर उनीहरुको सूची बनाएर सामाजिक बहिष्कार गर्ने हैसियत बनाएछन् । बिचरा सिसाका घरमा बसेर आफ्नै अभिभावकलाई ढुङ्गा हान्नेहरु, माकुराले जस्तो ठूलो भएपछि आफ्नै आमालार्इ खानेहरु हेर्दै जाउ सूची कस्को बन्छ सामाजिक बहिष्कार कस्को हुन्छ । सानो ठिमी फाँटबाट पुच्छर ठाडो बनाएर भाग्नु पर्ने दिन नआओस् ।

महेश बस्नेतका पुत्ला जलाउने यो तिमीहरूको यो अभियानले महेश दाइको भुत्ला पनि झर्ने छैन । महेश दाइको लागि ज्यान दिन तयार छन् आज पनि देशभरका लाखौ युवाहरु अनि परिआए बलिमा होमिन तयार छौं हामी भक्तपुरका हजारौं जनताहरु । तयार भएर गन्न बस तिमीहरुका सकिन थालेका काला दिनहरु । मैदानमा खुलेर प्रतिबाद गर्न तयार छौं । सामना गर्ने हिम्मत गरेर बस यो हाम्रो चुनौती हो । कि सुध्रिने बाटोमा लाग कि सक्किने छौं ।

लेखक नेकपा जिल्ला सदस्य भक्तपुर तथा पूर्वयुवा संघ नेपाल लेखा आयोगको प्रमुख हुनुहुन्छ ।


क्याटेगोरी : समाचार
ट्याग : #ओली र महेश बस्नेत


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
12°
Fair
6:40 am5:55 pm +0545