चीन नेपाल र भारत जोड्ने राष्ट्रिय गौरबको खाँदबारी किमाथांका सडक ब्रेक थ्रु
संखुवासभा । चीन नेपाल र भारत जोड्ने राष्ट्रिय गौरबको जोगवनी – किमाथांका सडक सोमबार ब्रेक थ्रु भएको छ ।
चीन र भारत जोड्ने खाँदवारी – किमाथांका ब्रेक थ्रु पछि सञ्जालमा जोडिएको छ ।
कोशी राजमार्ग अन्तर्गतको खाँदबारी किमाथांका सडक अन्तर्गत च्याम्तांग घोङघोप्पा खण्डको साढे १० किलोमिटर सडक पूरा भएको उर्जामन्त्री दीपक खड्काले बताउनुभयो । नेपाली सेनाले चट्टानी भीर फुटाइसकेकाले उर्जामन्त्री खड्का भौतिक पूर्वाधार तथा यातायात मन्त्री देबेन्द्र दाहाल र रक्षामन्त्री मानवीर राई पूर्व सांसद राजेन्द्र गौतम समेतको टोली घोङघोप्पा पुगेर ब्रेक थ्रु गरेका हुन्। ब्रेक थ्रु संगै सडकको स्तर उन्नती र चौडा बनाउने काम गरिने उहाँले बताउनुभयो ।
यो खण्डमा सेनाले डबल ल्याण्डको १० दशमलब ५ किलोमिटर सडक निर्माण पूरा गरिसकेको छ । यता सदरमुकाम खाँदबारीबाट च्याम्तांगसम्मको १ सय ३४ किलोमिटर सडक निर्माण भइसकेको छ । यसअघि नै किमाथांकाबाट घोङघोप्पासम्म १४ किमी सडकको कच्ची ट्याक खुलिसकेको थियो । खाँदबारी किमाथांका सडकको दुरी १ सय ५८ किलोमिटर रहेको उत्तर दक्षिण कोशी सडक योजनाले जनाएको छ ।
रक्षा मन्त्री राईले नेपाली सेनाद्वारा निर्माण भइरहेको उक्त सडक मुलुक विकासमा महत्वपूर्ण पूर्वाधारका रूपमा रहेको बताउनुभयो । उहाँले समयअगावै सडकको ट्याक खोल्ने काम सम्पन्न भएको भन्दै नेपाली सेनालाई धन्यवाद दिनुभयो ।
मन्त्री राईले पूर्वको किमाथांका नाका, पश्चिमको हिल्सा नाका र केरुङ नाकालाई सरकारले प्राथमिकतामा राखेको उल्लेख गर्नुभयो। बाँकी रहेको कामपनि चाँडो सम्पन्न गर्नेगरी काम गर्न नेपाली सेनालाई निर्देशन दिनुभयो।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री दाहालले उक्त सडकखण्डको बाँकी काम सम्पन्न गर्नका लागि वजेटको अभाव हुन नदिने बताउनुभयो । उहाँले उक्त सडकखण्डमा पर्ने पुल निर्माणका लागि सरकारले आवश्यक वजेट विनियोजन गर्ने उल्लेख गर्नुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #hot, #उर्जा मन्त्री दिपक खड्का, #खाँदबारी- किमाथांका, #भौतिक पुव, #रक्षा मन्त्रालय, #संखुवासभा, #सडक ब्रेक थ्रु
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्