सुख्खा पहिरोले बिराटनगर – किमाथांका जोड्ने कोशी राजमार्ग अवरुद्ध
खाँदबारी (संखुवासभा) । बिराटनगर – किमाथांका जोड्ने कोशी राजमार्ग अन्तर्गत संखुवासभाको भोटखोला गाउँपालिका- ३ सोम्बुङ डाँडामा सुख्खा पहिरो खसेको छ ।
शुक्रवार ११ बजे तिर सडकभन्दा माथिवाट खसेको सुख्खा पहिरोले सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ। पहिरो खसेपछी खाँदवारीवाट भोटखोलाको च्याम्ताङ जाने यातायातका साधन वारपार गर्न नसकेको जिल्ला प्रहरीका प्रहरी निरीक्षक रामकुमार लामिछानेले बताउनुभयो ।
करिव ३५ मिटर माथिबाट खसेको सुख्खा पहिरोले २० मिटर भन्दा बढी कच्ची सडक अवरुद्द पारेको छ ।
इलाका प्रहरी कार्यालय हटिया गोलाबाट गएको प्रहरी टोली र स्थानीय बासिन्दा मिलेर पहिरो हटाउने प्रयास गरिरहेको छ । भोटखोला गाउँपालिकाको केन्द्रवाट पहिरो गएको स्थान करिब ९ किलोमिटर टाढा पर्छ ।
पहिरो खसेको सडक खण्डमा उत्तर दक्षिण कोशी सडकले डोजर पठाएर मर्मत गर्ने जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #संखुवासभा, #सुख्खा पहिरोले बिराटनगर - किमाथांका जोड्ने कोशी राजमार्ग अवरुद्ध
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्