भूकम्पको केन्द्रबिन्दुबाट ३५ किलोमिटर टाढा रहेको किमाथाङ्कामा एक घरमा क्षति
खांदबारी (संखुवासभा), २३ पुस । संखुवासभाको भोटखोला गाउँपालिका-१ किमाथाङ्कामा चीनको सिजाङ स्वशासित क्षेत्रको डिङ्गयी काउन्टी केन्द्रबिन्दु भएर आज बिहान ६ बजेर ५० मिनेटमा गएको ६ दशमलव ८ म्याग्निच्युडको भूकम्पका कारण एक घर क्षति पुगेको छ ।
करिब ३५ किलोमिटर टाढा केन्द्रबिन्दु भएर गएको भूकम्पले भोटखोला १ किमाथाङ्का तेनछेबी भोटेको घर चर्किएको हो । जस्ता र ढुंगामाटोले बनेको २ तले घरमा क्षति भएको प्रहरीले जनाएको छ ।
किमाथांकाबासीहरु पटकपटक भूकम्पले जमिन हल्लाएका कारण त्रसित रहेको भोटखोला गाउँपालिकाका अध्यक्ष वाङछेदर भोटेले बताउनुभयो । किमाथांकाबाट पारीपट्टी भएका सडक भत्किएको अध्यक्ष भोटेले बताउनुभयो । नाका खुलेपछि भोटखोलाबासीको दैनिक किनमेल गर्ने थलो चाँगा र डिङ्गी बजार हो । गाउँपालिकाका तर्फबाट पनि ५ वटै वडामा तथ्यांक संकलन गर्ने काम शुरु गरेको उहाँले बताउनुभयो ।
क्षतिको विवरण बुझ्न प्रहरी गाउँगाउँमा गइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रमुख डिएसपी दक्ष कुमार बस्नेतले बताउनुभयो । सञ्चारको समस्या भएका कारण क्षतिको बिवरण आउन ढिलाई भएको डिएसपी बस्नेतले जानकारी दिनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #एक घरमा क्षति, #किमाथांका, #भुकम्प, #संखुवासभा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्