Techie IT
सोमबार, माघ २८,२०८१

कोही पनि स्वास्थ उपचारबाट बन्चित एवं भोको नहुने , गरिव एवं मजदुरहरुलाई बिषेश राहात दिइने


काठमाडौं । विश्वभर फैलिएको कोरोना ९कोभिड–१९० भाइरसको संक्रमण रोक्न सरकारले लक डाउन’ गरेको छ। शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी ओलीले अत्यावश्यक सेवाबाहेक सबै कामकाज बन्द गर्न आह्वान गर्दै ‘लक डाउन’ गरेका हुन्।

‘देशैभर संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक तथा निजी सेवा प्रदायक संस्थाबाट प्रदान गरिने नेपाल राजपत्रमा प्रकाशन गरिए अनुसारका अत्यावश्यक सेवा बाहेकका अन्य सबै सेवा आगामी चैत ९ गतेदेखि चैत २१ गतेसम्म बन्द गरिएको छ’ । तारकेश्वर नगरपालिकाले पनि यसको पूर्ण पालना एवं कार्यान्व गर्दे गराउदै बिभिन्न योजना एवं गतिबिधिहरु संचालन गरेको छ । बिशेष गरि लक डाउन पछि तारकेश्वर नगरपालिकाको गतिबिधिमा आधारित रहेर साझापाना अनलाइनका लागि पुकार तिमलसिना र मोहन अधिकारीले नगर उपप्रमुख भवानी डोटेल संग गरिएको कुराकानी :

१) यो अवस्थामा नगरपालिकाले के–के काम गरिरहेको छ ?

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि तारकेश्वर नगरपालिकाकामा बसेको बैठकले २ वटा ईमरजेन्सी टिम खडा गरिएको छ । नगर प्रमुखको नेतृत्वमा, ११ वटै वडाध्यक्ष सहितको जनप्रतिनिधिहरुको सहजिकरण टिम र प्रमुख प्रशासकीय अधिकृतको नेतृत्वमा प्रशासन शाखा प्रमुख, स्टोर शाखा प्रमुख, लेखा शाखा प्रमुख र स्वास्थ्य शाखा प्रमुखका साथ डाक्टर सहितको टिम रहने गरि २ वटा ईमरजेन्सी टिम खडा गरिएको छ ।

नगरपालिकाले कोरोना भाइरसका बिरामी मात्र नभई, इमरजेन्सी बिरामी बोक्नको लागि एम्बुलेन्सको व्यवस्था गरेको छ । नगरबासी विरामी भएमा सम्बन्धीत वडाको वडा अध्यक्ष वा वडा स्वास्थ्य प्रमुखको सिफारिसबाट सो एम्बुलेन्सले विरामी बोक्ने कुरा स्वास्थ्य समितिको बैठकले निर्णय गरेको छ । नगरबासीलाई ईमरजेन्सी विरामी बोक्नु परेमा ९८४१८३९८७८ मा सम्पर्क गर्नको लागि अनुरोध छ ।तारकेश्वर नगरपालीका भित्र किटनाशक औषधी छरिएको छ ।

२) बिदेशबाट तारकेश्वरमा आएकाहरु कति छन र तिनिहरुको अवस्था कस्तो छ ?

विदेशबाट आएका महानभावहरुको तथाङ्क

मिति २०७६।१२।१५ गते सम्ममा विदेशबाट आएका संख्या स् ३६
आज तप वडा नं। १० बाट  १ जना
वडा नं। ४ बाट  ४ जना गरि जम्मा स् ४१ जना विदेशबाट आएका पाईएको छ ।
सबैलाई स्वास्थ प्रमुको बिशेष निग्रानीमा होम क्वारेण्टाइमा राखीएको छ ।क्वारेण्टाइनको तयारी भैरहेको २५ सैया सहितको, रेड क्रसबाट १ टेण्ट र १० वटा द्यबिलपभत प्राप्त भएको छ । साङ्गलाको स्वास्थ चौकीमा क्यारेण्टाइको निमार्ण भैसकेको छ ।

३) नगरभित्र लक डाउन प्रभावकारी बनाउजका लागी के –के गर्नु भएको छ ?

लक डाउन प्रभावकारी कार्यान्वय गर्नको लागि माईकिंग, सुरक्षा कर्मी सहितको टोली प्रत्यक्ष निगरानी ।
बाजारमा कालो बजारि, क्रितिम अभाव रोक्नको लागि अनुगमन गरिएको ,
अत्यावश्यक सेवाका पसलहरु बाहेक अन्य पसलहरु संचालनमा कडाइ गरिएको छ ।

४) नगरपालिकाको निर्णय अनुसार तारकेश्वर प्रवेश गर्ने नाका नाकामा सुरक्षा चेक गराएर मात्र प्रवेश गराउने भनिएको थियो तर त्यो कतै पनि देखीयन किन हो ?

यस सन्र्दभमा प्रहरीलाई अनुरोध समेत गरिसकेको छ । नयाँ मानिस प्रवेशमा कडाँई गराइनुका साथै थप सुरक्षा फैजको ब्यवस्था मिलाएर हामी यसलाई निरन्तरता दिने छौ ।

 

५) दैनिक ज्यालादारी गर्ने मजदुर , बाल आश्रम , बृद्ध आश्रम लगायक बिपन्न नागरिकहरुको दैनिक उपभोग्य सामाग्रीको ब्यवस्था मिलाउन नगरपालिकाले के गरिरहेको छ ?

हामीले प्रत्येक वडाहरुमा यसको यकीन रिपोर्टका लागी सर्कुलर गरेका छौ ,सबै बाट रिपोर्ट आएपछि ठोस निर्णय लिन्छौ , सम्पूर्ण नगरबासीहरुमा यो बिश्वास दिलाउछौकी कोहीपनि भोको र स्वास्थ उपचार बाट बन्चित रहनु पर्दोन यसको लागी नगरपालिकाले बिभिन्न योजनाहरु बनाइसकेको छ ।

६) अन्यमा नगरबासीहरुमा के अपिल गर्ने चाहानु हुन्छ ?

तपाई नगरबासी तथा सम्पर्ण दाजु, भाई तथा दिदी बहिनीहरुमा तारकेश्वर नगरपालिकाको तर्फबाट हार्दिक अनुरोधका साथ आवह्नान गरिन्छ कि विश्वव्यापि रुपमा फैलिएको कोरोना भाइरस बाट बच्न र बचाउन हामी सबै सचेत र सजग भै आएता पनि केहि व्यक्तिहरु बाहिर हिडडुल तथा जमघट भै रहेको पाइएकोले उक्त महामारी बाट बच्न र बचाउनको लागि तारकेश्वर नगरपालिकाको तर्फबाट यहाँहरु सम्पुर्णलाई आ(आफ्नो घर कोठामा बसी सहयोग गरिदिनु हुन विनम्र अनुरोध गर्दछौं ।

साथै मन्दिरमा समेत धेरै जमघट नगरिदिनु होला र अत्यावश्यक समान तथा बस्तु खरिद गर्दा पनि बढी भिडभाड नगरि खरिद गरिदिनुहोला र विदेशबाट आएका व्यक्ति तथा महानुभावहरुले आ-आफ्नो जानकारी सम्बन्धित वडा अध्यक्षलाई दिई आ(आफ्नो घरमा अन्य परिवारबाट समेत छुटै बसी सहयोग गरीदिनु हुन अनुरोध गर्दछु ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस को रोकथाम र नियन्त्रणका लागि तारकेश्वर नगरपालिकाबाट हालसम्म भएका कार्यहरुको विवरण निम्नानुसार भएको व्यहोरा अनुरोध छ । यस परिस्थितिमा सम्पुर्ण नगरबासिले धैर्यका साथ उच्च सतर्कता अपनाउनु हुन समेत अनुरोध छ ।

 

हेर्नुहोस भिडियो

 

 


क्याटेगोरी : समाचार
ट्याग : #hot, #तारकेश्वर नगरपालिका, #भवानी डोटेल


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
13°
Mist
6:43 am5:52 pm +0545