सामाजिक दूरी कायम गर्न तरुण दलको अपिल
नेपाल तरुण दलले अति आवश्यकबाहेक अन्य काममा घर बाहिर ननिस्की सुरक्षित तरिकाले घरमै बसी केही समयसम्म समाजिक दूरी कायम गर्न आह्वान गरेको छ । विगत केही समयदेखि विश्व समुदाय कोभिड–१९ सँग लडिरहेको छ ।
नेपालले पनि कोरोना भाइरसको सम्भावित सङ्क्रमण रोक्न आवश्यक तयारी गरिरहेको छ ।
यो परिस्थितिमा सम्बन्धित निकाय, आम नागरिक र सरकारले आ–आफ्नो क्षेत्रबाट जिम्मेवारपूर्ण ढङ्गले प्रस्तुत भई सङ्क्रमण हुनबाट आफू जोगिई अरूलाई पनि जोगाउन तरुण दलले सबैमा अपिल गरेको छ । तरुण दलका अध्यक्ष जितजङ्ग बस्नेतले आज एक विज्ञप्तिमार्फत विभिन्न कामका लागि मुलुकबाहिर गएका सम्पूर्ण नेपाली नागरिकलाई जो जहाँ हुनुहुन्छ, केही समयका लागि सुरक्षित तरिकाले सोही ठाउँमा बसिदिनुहुनसमेत अनुरोध गर्नुभएको छ । साथै उहाँले सामाजिक सञ्जाल, अनलाइन समाचारलगायत अन्य समाचारका माध्यमबाट अफवाह फैलिने खालका समाचारभन्दा सचेत र सुरक्षित हुने खालका समाचार सम्प्रेषण गर्न सञ्चारमाध्यमलाई आग्रह गर्नुभएको छ ।
हाल ठूला तारे होटलहरु बन्द अवस्थामा रहेका हुनाले होटल सञ्चालक निकायसँग आवश्यक सल्लाह गरी उक्त होटलहरु आइसोलेशनका लागि तयारी अवस्थामा राख्न सकिने तरुण दलको सुझाव छ । अध्यक्ष बस्नेतले धर्मशाला, पार्टी प्यालेस, साना र मझौला होटल, तालीम केन्द्र र पायक पर्ने अन्य स्थललाई क्वारेन्टाइनको प्रयोगका लागि सम्बन्धित निकायसँग सल्लाह गरी आवश्यक कार्य तत्काल अघि बढाउन माग गर्नुभएको छ ।
बजारमा मास्क, औषधि, स्यानिटाइजर, खाद्यान्न, ग्यासलगायत अन्य दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव र कालोबजारी देखिन थालेको उल्लेख गर्दै तरुण दलले कृत्रिम अभाव र कालोबजारी गर्नेहरु पत्ता लगाई कडाभन्दा कडा कारवाही गर्न तथा जनताका न्यूनतम् सेवासुविधाका वस्तुको उपलब्धतामा सहजता कायम गर्न माग गरेको छ ।
तरुण दलले स्वास्थ्य उपचारमा खटिने स्वास्थ्यकर्मीको मनोबल उच्च बनाउनका लागि प्रोत्साहनस्वरुप थप सेवासुविधामा प्रबन्ध गर्न र दैनिक ज्याला मजदूरी गरी जीवन निर्वाह गर्ने वर्गको दैनिक जीवन निर्वाहका लागि आवश्यक प्रबन्ध गर्न सरकारसँग माग गरेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #तरुण दल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्