सर्वोच्च बारको निर्वाचनमा एमाले–माओवादी गठबन्धन, कांग्रेसलाई नेकपा एसको साथ
काठमाडौं । सर्बोच्च बारको निर्वाचनमा एमाले र माओवादी आबद्ध वकिलहरुबीच गठबन्धन भएको छ । नेपाल पत्रकार महासंघको निर्वाचनभन्दा ठिक विपरित वकिलहरुको निर्वाचनमा भने कांग्रेस र एकीकृत समाजवादीको गठबन्धन भएको छ ।
आगामी पुस २० गते हुने सर्वोच्च बार एशोसियसनको निर्वाचनमा एमालेनिकट प्रगतिशील कानून व्यवसायी संघको तर्फबाट अध्यक्षमा महेश थापा उम्मेदवार छन् ।
उनलाई समर्थन जनाउँदै माओवादीनिकट आरपिएलएको तर्फबाट सचिवमा प्रभाकर श्रेष्ठ उम्मेदवार तय भएका छन् । यसअघि एमालेनिकट पिपिएलएबाट सचिव उम्मेदवार बनेका पुष्पराज बास्तोलाले उम्मेदवारी फिर्ता लिएका छन् ।
दुई संगठनबीचको समझदारी अनुसार माओवादीले सचिव र २ सदस्य पाएको छ । बाँकी पदमा एमालेका उम्मेदवार छन् ।
त्यस्तै कांग्रेसनिकट डिएलए र नेकपा एसनिकट एसपिएलएबीच पनि चुनावी गठबन्धन भएको छ । उक्त गठबन्धनबाट अध्यक्षमा बरिष्ठ अधिवक्ता मेघराज पोखरेल उम्मेदवार छन् भने उपाध्यक्षमा नेकपा एसनिकट एसपिएलएका अम्बर बहादुर राउत उम्मेदवार छन् ।
कांग्रेससँगको गठबन्धनमा नेकपा एसले सहसचिव र २ सदस्य समेत पाएको छ । वकिलहरुको यो गठबन्धनलाई आगामी फागुनमा हुने नेपाल बारको निर्वाचनको अभ्यास मानिएको छ । यसअघि पाटन उच्च बारमा पनि एमाले र माओवादीको गठन्धनविरुद्ध कांग्रेस र नेकपा एसले बनाएको गठबन्धन पराजित भएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #कांग्रेसलाई नेकपा एसको साथ, #सर्वोच्च बारको निर्वाचनमा एमाले–माओवादी गठबन्धन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्