आज राति हिमपात र वर्षाको सम्भावना :मौसम पूर्वानुमान महाशाखा
मौसम पूर्वानुमान महाशाखाले आज राति हिमपात र वर्षाको सम्भावना रहेको जनाएको छ ।
महाशाखाले जारी गरेको सूचनमा लेखिएको छ , ‘राति देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा सामान्यतया सफा रहने छ। देशको पहाडी भू–भागका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ । उच्च पहाडी तथा हिमाली भू–भागका एक दुई स्थानमा हल्का हिमपात हुने सम्भावना रहेको छ ।’
मंगलबार बिहान सार्वजनिक गरेको पूर्वानुमान सूचनामा महाशाखाले आज राति पहाडी क्षेत्रमा वर्षा र हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको जनाएको हो ।
महाशाखाका अनुसार अहिले नेपालमा कुनै पनि मौसमी प्रणाली छैन । भने, देशको मध्य र पूर्वी पहाडी भू–भागमा आंशिक बदली भएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #मौसम पूर्वानुमान महाशाखा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्