उर्जामन्त्री खड्का गृहजिल्ला संखुवासभामा : जिल्लाबासीबाट भब्य स्वागत (तस्बिर सहित )
संखुवासभा : उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्का पहिलो पटक सोमबार गृहजिल्ला संखुवासभा आइपुग्नु भएको छ । उर्जामन्त्री खड्काले खाँदबारी नगरपालिका कार्यालयमा कार्यकर्ता संग अन्तरक्रिया गर्ने कार्यक्रम छ । त्यस्तै जिल्ला समन्वय समितिले आयोजना गर्ने सर्वदलिय सर्वपक्षिय कार्यक्रममा सम्बोधन गर्ने कार्यक्रम छ ।

मन्त्री खड्कासँगै मन्त्रालयका सचिवसहित उच्च पदस्थ अधिकारीहरु सहित १७ जनाको टिम संखुवासभा आइपुगेको स्वकीय सचिव भुपालमान बस्नेतले बताउनुभयो । उहाँलाई संखुवासभाको तुम्लिङटार विमानस्थलमा प्रमुख जिल्ला अधिकारी धुब्र खड्का, नेपाली कांग्रेस संखुवासभाका कार्यवाहक सभापति अनन्त गौलीलगायत संखुवासभाका जनप्रतिनिधी तथा जिल्लाबासीले स्वागत गरेका थिए । स्वागत गर्ने स्थानीय भेषभुसामा सुसज्जीत पञ्चकन्याले पुष्पगुच्छाले स्वागत गरेका थिए ।

क्याटेगोरी : समाचार
ट्याग : #उर्जा मन्त्री दिपक खड्का, #संखुवासभा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्